मंगलसैन ६ मा बदेल आतंक : १ महिनामा ३ जना घाईते,बदेल नियन्त्रण तर्फ डिभिजन बन कार्यालय बेखबर

पवन भण्डारी   शुक्रबार ११, फागुन २०८० ०९:५२

पवन भण्डारी, धनगढी । अछामको मंगलसैन नगरपालिका ६ मा जंगली जनवार बदेलको आक्रमणबाट करिब दुई महिनाको अवधीमा ३ जना घाईते भएका छन । बदेलले लगातार रुपमा आक्रमण गरि रहदा पनि समन्धीत निकायहरु बेखबर देखियको भन्दै स्थानियले गुनाँसो गरेका छन ।

बदेलको त्रासका कारण मेलापात गर्न समेत निकै समस्या हुने गरेका स्थानिय अमर भण्डारीले बताए । उनले भने घाँस दाउरा र गोरु बख्रा चराउनका लागी समेत निकै समस्या भईरहेको बताए । दश बाह्र जनाको गु्रपमा जाने परेमा जान्छौ नभए निकै समस्या भईरहेको बताए । पछिल्लो समय स्थानिय नागरिकहर पानी ल्याउन धारामा समेत एक्लै जान नसक्ने उनले बताए ।

बदेलले गत माघ ८ गते  मंगलसैन ६ की आरती भण्डारी र माघ १६ गते देउकला भण्डारीलाई एक हप्ताको अन्र्तरमा आक्रमण गरेको थियो । उनि मध्ये आरती भण्डारीको नेपालगञ्जमा उपचार भएको थियो भने देउकला भण्डारीको सुर्खेतमा उपचार भएको थियो ।  उनिहरुको उपचार जारी रहेकै अवस्थामा फागुन ७ गते खेतबारीमा काम गर्दै गरेका स्थानिय राम प्रसाद भण्डारी बदेलको आक्रमणबाट  घाईते भए ।

गम्भीर अवस्थामा रहेका भण्डारीको हाल सुर्खेतमा उपचार भईरहेको छ । उनलको हात,अनुहार,लगायत शरिरका बिभिन्न भागमा गहिरो चोट लागेको छ । बदेलको आक्रमणबाट स्थानिय नागरिक आक्रांन्त बनेका छन । बस्ती मै पसेर बदेलले आक्रमण गर्न थाले पछि स्थानिय नागरिकको दैनिकी कष्टकर समेत बन्दै गएको छ । 
के भन्छन वडा अध्यक्ष ?
केहि दिन अगाढी मंगलसैन नगरपालिका ६ का वडा अध्यक्ष देबेन्द्र भण्डारीले सो क्षेत्रमा जंगली जनवारले आतंक फैलारहेको भन्दै सुरक्षाका लागी समन्धीत निकाय सँग माँग समेत गरेका थिए । 
वडा अध्यक्ष भण्डारी लगायतको टोलीले बदेल नियन्त्रणका लागी जिल्ला स्थीत सम्बन्धीत निकाय सँग छलफल समेत गरेका थिए । तर बदेल नियन्त्रणमा समन्धीत निकायले खाँसै चाँसो नदेखायको अध्यक्ष भण्डारीले बताए । उनले भने नगर प्रमुख सहित म गयर यो बिषयमा कुरा गरेका हौ तर खासै यो बारे समन्धीत पक्ष गम्भिर नभए जस्तो महसुस भयो । 
जिल्ला प्रसाशन कार्यालय, जिल्ला प्रहरी कार्यालय र डिभिजन बन कार्यालय अछाम लाई ध्यानाकर्षण पत्र समेत वडा अध्यक्ष भण्डारी ले बुझायका थिए ।
जिल्ला प्रसाशन कार्यालय अछामका सुचना अधिकारी सन्तोष बिकले बदेलको नियन्त्रण तथा सुरक्षा का लागी डिभिजन बन कार्यालय र जिल्ला प्रहरी कार्यालय अछाम लाई पत्रचार गरिसकेको बताए । उनले भने बन कामहरु आफुहरुले गर्न नसक्ने र समन्धीत क्षेत्रमा पक्रिया पुर्यायर नियन्त्रणमा लिनका लागी पत्राचार गरियको बताए । बन र बन्य जन्तु समन्धी आफुहरु सँग अधिकार नरहेकोले पत्रचार गरि सकेको उनले बताए ।  
डिभिजन बन कार्यालय अछामका सुचना अधिकारी बिमल चन्दले बदेल नियन्त्रणका लागी आवश्यक प्राबिधिक टोलीका लागी पत्रचार गरियको बताए । उनले भने सेना,प्रहरी र बन प्राबिधिक टोलिसँग  सहकार्य गरेर  बदेल नियन्त्रणमा लिने प्रयास भईरहेको बताए । घाईतेहरुको उपचार बारे छिनोफाँनो डटकमले लिएको प्रतिक्रियामा चन्दले भने प्रहरीको मुचुल्का सामुदायिक बनको सिफारिस र वडाको रिफारिस पछि करिब दुई लाँख सम्म उपचार खर्ज दिन सकिन्छ तर बिरामीको अवस्था अनुसार । बनजंगलमा आक्रमण गरेको भए उपचार खर्ज नपाउने उनले बताए । 
के भन्छन ? बदेल पिडित 
मंगलसैन ६ का  घाईते आरती भण्डारीका श्रीमान मनोज भण्डारीले बदेल आक्रमणमा घाईते भएकी आफनी श्रीमतीको उपचार खर्ज समेत हाल सम्म नपाएको गुनाँसो गरे । उनले भने हामी कमजोर परिस्थीती भएका मान्छे होै जेनतेन रिन कर्ज गरेर उपचार गर्यौ तर अब सोही रिन तिर्न बिरामी लाई छोडेर भारत जानु पर्ने अवस्था आईसक्यो । डिभिजन बन कार्यालयमा बिलहरु त पेस गरेको छु खै कहिले आउछ आउने बेला सम्म त ब्याज दोब्बर भईहाल्छ भारत नगएर के गर्ने उनले भने । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु