कैलालीमा भारतीय कारको ठक्करबाट एक जनाको मृत्यु दुई जना गम्भिर घाईते

छिनोफानो   शुक्रबार ११, फागुन २०८० १०:३४

लम्की– ११ फागुन
कैलालीमा भारतीय कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने २ जना गम्भिर घाईते भएका छन । जिल्लाको लम्कीचुहा नगरपालिकाका छुट्टाछुट्टै ठाउँमा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिदा एक जनाको मृत्यु र दुईजना गम्भिर घाईते भएका हुन ।

पश्चिमबाट पूर्व तिर जादै गरेको टीएस ०८ जीबी ६५३७ नम्बरको कारले लम्कीचुहा नगरपालिकाको गुलरा र लम्कीमा ठक्कर दिएको थियो ।लम्की रोरा पुल नजिकै कारले ठक्कर दिदा लम्कीचुहा नगरपालिका वडा नं।१ लम्कीका साइकलमा जेरी बेच्दै हिड्ने ६० बर्षिया कुलचन्द्र जैसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय मोतिपुरले जानकारी दिएको छ । 

सोही कारले वडा नं।६ को गुलारामा मजदुरी गरेर फर्किदै ५० बर्षिया ठग्गु चौधरी र ५५ बर्षिया मनिराम चौधरीलाई ठक्कर दिएको थियो ।कारको ठक्करबाट दुई जना गम्भिर घाईते भएका छन ।घाईते दुवैको लम्की स्थित लालरत्न अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर रेफर गरिएको छ ।

ठक्कर दिने कार र चालक प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मोतिपुरका प्रमुख कान्तीराज जोशीले जानकारी दिएका छन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु