नगर प्रमुख हमालको शासन : नगर प्रहरी सुत्ने कोठामा सिसी क्यामेरा जडान

पवन भण्डारी   शनिबार १२, फागुन २०८० १२:१२

पवन भण्डारी,धनगढी । स्वतन्त्र उम्मेद्धारी दिएर चुनाव जितेका धनगढीको मुहार फेर्नका लागी जोडबल गरिरहेका एक नगरप्रमुख हुन गोपाल हमाल । हमालले धनगढीको विकासका लागी नेपालकै सर्वोउत्कृष्ट काम गरेका छन भन्दै नागरिकले उनको गुनगान धेरै जसो गरिरहेका हुन्छन । तर उनले गरेका काम कतिपय तानाशाही प्रवृत्तिका देखिएका छन ।

नगरप्रमुख हमालले चलाएको शासन नेपालको संंविधान तथा नागरिकको मौलिक हक अधिकार उल्लंघन गरिएको भेटिएको हो । हमालले  नगरप्रहरी सुत्ने कोठामा समेत सिसीक्यामरा जडान गर्दै उनिहरुको मौलिक अधिकार हनन् गरेका छन । नेपालको संविधान (२०७२) को भाग ३ धारा २८ मा रहेको गोपनीयताको हकको नगरप्रमुख हमालले हनन गरेका हुन । मुलुकी देवानी संहिता (२०७४)को दफा (२१.) मा रहेको गोपनीयताको अधिकार अतिक्रमण भएको मानिने र मुलुकी अपराध सहिता (२०७४)भाग ३ परिच्छेद १ गोपनीयता विरुद्धका कसुरको उल्लंघन भएको हो । तर नगरप्रमुख हमालले संविधान तथा कानुनको समेत धज्जी उडाँउदै नगरप्रहरीको सुत्ने कोठामा २ वटा सिसीक्यामरा जडान गरेका हुन । 

धनगढी उपमहानगरपालिकाको पुरानो भवनमा करिब  ४२ जना नगर प्रहरी बस्ने गर्दछन । नगरप्रहरी सुत्ने कोठाको दुईठाँउमा क्यामरा जडान गरिएको भन्दै सुचना प्राप्त पछि सो बारे छिनोफानो डटकमले खोज सुरु गरेको थियो । 

चर्चामा रहेर काम गरिरहेका नगरप्रमुख हमालले मानव अधिकारको समेत प्रवाह नगरी आफ्नोे पदको दुरुपयोग गर्दै नगर प्रहरी सुत्ने कोठामा सिसीक्यामरा जडान गरेको समाचार श्रोतको भनाई छ ।  व्यक्तीको स्वःअधिकार बाहेक सुत्ने कोठामा सिसीक्यामरा जडान गर्नु गलत रहेको मानव अधिकारकर्मी खडक राज जोशीको भनाई छ । नागरिकको निजी जिवनको गोपनीयता भंग हुने गरि काम गर्न नहुने बताउदै उनले भने यदि यस्तो गरिएको भए सो कार्य नगरप्रहरी लाई यातना दिएको सरह रहेको बताए । 

सो विषयमा धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल लाई जानकारी लिन खोज्दा उनले प्रतिक्रिया दिन मानेन् । अरु बेला २४ औँ घण्टा सुचना प्रवाह गर्ने मेयर हमालले यो विषयमा भने कार्यालय समयमा आएर मात्र सुचना दिने् बताए । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु