बेहेडाबाबा मन्दिरमा फागुन २५ गते हेलिकप्टर द्धारा पुप्पवृष्टी गरिने, २ करोड २५ लाख दीप प्रज्वलन

पवन भण्डारी   सोमबार १४, फागुन २०८० ११:५४

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नं १६ मा अवस्थित बेहेडाबाबा मन्दिरमा महा शिबरात्री मेलाको अवसरमा २ करोड २५ लाख दीप प्रज्वलन गरिनुका साथै हेलिकप्टरबाट पुष्पबृष्टी गरिने छ । धार्मीक तथा पर्यटकीय क्षेत्र समेत रहेको बेहेडाबाबा मन्दिरमा हरेक बर्ष महासिबरात्रीका दिन मेला लाग्ने गर्दछ । आस्थाको केन्द्र बिन्दु समेत रहेको बेहेडाबाबामा फागुन २५ गते लाग्ने महा सिबरात्री मेलामा करिब ३ लाँख बढि भक्तजनहरु उपस्थीत हुने अनुमान गरियको छ ।  

पर्यटकिय हिसाबले प्रचुर सम्भावना बोकेको यो मन्दीरमा नेपाल र भारतका गरी ठुलो संख्यामा भक्तजनहरु दर्षन गर्न आउने गरेको बेहडाबाबा फाउण्डेशन नेपालका अध्यक्ष पदमराज जोशीले बताए । उनले भने यस वर्ष बेहडाबाबा मन्दिरको करिव ३ लाख भक्तजनले दर्शन गर्ने मैले अनुमान गरेको छु । भक्तजनको  सहजताका लागि  कैलालीको तीन ठाँउबाट ६ वटा बसबाट न्युन शूल्कमा सेवा दिने अध्यक्ष जोशीले बताए ।

उनले भने धनगढीको क्याम्पस रोड, बेली र चौमाला बाट दुई दुई बस सञ्चालन गरिने छ । बेहेडाबाबा मन्दिर लाई देश तथा बिदशमा चिनाउनका लागी र मन्दिरको महत्व बारे सबै भक्तजनहरुमा जानकारी पुगोस भन्ने उद्येश्य सहित बृहत रुपमा कार्यक्रम गर्ने उनले बताए । मन्दिर सम्म पुग्ने बाटो पिच भएको  भए भक्तजनको संख्या अझै बढ्ने उनले बताए ।

करिव २ सय जनाबाट १ भक्तले १ लाख २५ हजारका दरले दीप प्रज्वलन गर्ने बेहडाबाबा फाउण्डेशन नेपालका अध्यक्ष जोशीले बताए । महासिवरात्रीका दिन अपहाराह्न ३ः३० देखी ४ः३० बजेको समयमा दीप प्रज्ज्वलन गरिने छ भने हेलिकप्टर बाट पुष्प बृष्टी गरिने छ ।

बेहडाबाबा मन्दिरको महिमा देश तथा बिदेशमा फैलाउन कार्यक्रमको आयोजना गरियको  बेहडाबाबा फाउण्डेशनका सचिब बिरेन्द्र चन्दले बताए । उनले भने हामीले भक्तजनको सहजताका लागी सुरक्षा निकाय सँग पनि छलफल गरेका छौ करिब ५० जना भन्दा सुरक्षाकर्मि ले  सुरक्षा दिने छन । नजिक रहेका बिद्यालयका स्काउटका बिद्र्यार्थी लाई समेत स्वंमसेवक मा परिचालन गर्ने सचिब मल्लले बताए । उनले सबै लाई बेहेडाबाबा मन्दिरको दर्षन गर्न आउन निम्तो समेत दिए । 

बेहेडाबाबाको दर्षन गरे आफ्नो मनोकामना पुरा हुने मन्दिरका पुजारी ओम प्रकाश जोशीले बताए । उनले भने बेहडाबाबा फुल लिङ्ग शिव भगवानको प्रतिकको रूपमा मानिन्छ तेसैले भारतबाट समेत भक्तजनहरु आउने गर्दछन । बेहेडाबाबाको दर्षन गर्न हुन उनले सबै भक्तजन लाई आग्रह समेत गरे ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु