सेती नदीमा डुबेर एक जनाको ज्यान गयो, एक जना बेपत्ता

छिनोफानो   सोमबार १४, फागुन २०८० ०२:४०

कास्की – कास्कीको पोखरा महानगरपालिका– १७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक जना मृत भेटिएका छन् भने अर्का एक जनाको खोजी भइरहेको छ।

माछा मार्न गएका ५ जनामध्ये नदीमा बगेर बेपत्ता भएका पोखरा महानगरपालिका– १ कसेरी बस्ने ४० बर्षका मङ्गा तामाङ्ग ढुङ्गामा अड्किएको अवस्थामा प्रहरीले भेटाएको हो । एकै ठाँउका ४३ वर्षका रक्सेस तामाङ्गको भने खोजी भइरहेको छ । माछा मार्न गएका अन्य ३ जना भने सकुशल रहेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु