सरकार र मिटरब्याजपीडित बीच भएको वार्ता निष्कर्ष विहीन

छिनोफानो   बिहिबार १७, फागुन २०८० ०९:४१

काठमाण्डौ – मिटरब्याजपीडित र सरकारबीच हिजो भएको वार्ता निष्कर्षविहीन भएको छ । अर्को वार्ता कहिले हुन्छ भन्ने पनि टुङ्गो लाग्न सकेको छैन ।

मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवदेश कुसवाहले सरकारले मिटरब्याज पीडितको समस्यालाई पहिचान गरेको भए पनि समस्या समाधान गर्ने विषयमा गम्भीर हुन नसकेको बताउनु भयो ।

सरकारले समय तोकेर मिटरब्याज पीडितको समस्या समाधान गर्ने भनेको, तर आफूहरु माग छिटो सम्बोधन हुनुपर्ने पक्षमा रहेको उहाँको भनाइ छ ।

मिटरब्याजपीडितहरुले फर्जी लिखत, तमसुक, दृष्टिबन्धक लगायतलाई अवैध घोषणा गर्नुपर्ने, साहूले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायतका माग गरेका छन् । सरकारले  छलफल गरेर आफूहरुको समस्या समाधान गर्ने छ भन्नेमा सकारात्मक रहेको कुसवाहले बताउनुुभयो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु