त्रिपन्न जनाको निःशुल्क स्थायी बन्ध्याकरण

छिनोफानो   बिहिबार १७, फागुन २०८० ०९:४६

शिवराज ढुंगाना ,अछाम । सन्तानको रहर पूरा भएका ५३ जनाले निःशुल्क स्थायी बन्ध्याकरण सेवा लिएका छन् । स्थायी बन्ध्याकरण शिविरबाट ३६ जना महिलाले मिनिल्याप र र १७ पुरुषले भ्यासेक्टोमी सेवा लिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुङ्गानाले जानकारी दिनुभयो । 

स्थायी बन्ध्याकरण शिविरबाट रामारोशन गाउँपालिकामा ३५ जना, पञ्चदेवल विनायक नगरपालिकामा सात जना, मङ्गलसेनमा ६ जना, मेल्लेख गाउँपालिकामा पाँच जना रहेका छन् । 

स्वास्थ्य कार्यालय अछामको आयोजनामा सम्बन्धित स्थानीय तह र नेपाल परिवार नियोजन सङ्घको समन्वयमा चार स्थानमा निःशुल्क शिविरको आयोजना गरिएको थियो । 

ग्रामीण भेगका पुरुष र महिलालाई सन्तानको रहर पूरा भइसकेपछि घरनजिक सेवा दिन शिविर फागुन ११ गतेबाट सुरु भएर १५ गतेसम्म सञ्चालन गरिएको थियो । स्वास्थ्य कार्यालयले विभिन्न निकायसँग मिलेर ग्रामीण भेगमा निःशुल्क शिविर गर्दै आइरहेको छ ।

गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु