उत्कृष्ट भाषाभाषी गायिकाको रारा म्युजिक अवार्ड कृष्णा सिराडीलाई : सिराडी भन्छन अझै काम गर्ने होसल्ला जागेको छ

पवन भण्डारी   बिहिबार १७, फागुन २०८० १०:३९

धनगढी । उत्कृष्ट भाषाभाषी गायिका तर्फको रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० उपाधी  गायिका कृष्णा सिराडीले पाएकी छन । बुधबार भएको राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहबीच उनलाई सो अवार्ड प्रदान गरियको हो । लोक दोहोरी र लोकदेउडा गीतका माध्यमबाट चर्चा बटुलिरहेकी सिराडी पछिल्लो पुस्ताकी चर्चित गायिका हुन । उनले हाल सम्म करिब १ सय ५० भन्दा बढि गिहरुमा स्वर दिई सक्नु भएको छ । 

अवार्ड पाईसकेपछि छिनोफानो डटकम सँग कुरा गर्देै सिराडीले भनिन् “राष्ट्रिय स्तरको म्युजिक अवार्ड पाउँदा निकै खुसी लागेको छ ।” आफुले करिब एक दशक देखि कला सस्कृतीको जर्गेनाका लागी काम गरिरहेको भएपनि आज सो मेहनतको फल आफुले प्राप्त गरेको उनले बताईन ।

पछिल्लो समय अलि छाडा गितहरुले बजार तताई रहेको भएपनि आफुले यस्ता गितहरुमा स्वर नदिने उनले बताईन । चर्चा कमाउन कै  लागी जे पायो त्यो शब्द म गाउदैन हाम्रो सस्कृती जर्गेना गर्नु छ भने हामी सबैले यो छाडापन हटाउनु पर्छ उनले भनिन । अवार्डले यस क्षेत्रमा लागिराख्न आफुलाई थप प्रेरित गरेको उनको भनाइ छ ।

‘पछिल्लो समय मातृ भाषामा गीत गाउने गायक र गायिकाको संख्या घट्दो छ । यहीबीच मेरा गीतलाई  उत्कृष्ट ठान्दै रारा म्युजिक अवार्डका लागि उत्कृष्ट ठानेकोमा खुसी लागेको छ उनले भनिन् । यसले मलाई सांगीतिक क्षेत्रमा थप सक्रिय हुन प्रेरित गरेको छ । 

सिराडी डेउडा प्रतिष्ठानकी केन्द्रीय सदस्य पनि हुन । सिराडी अत्तारिया स्थित अलिशा म्युजिक रेकर्डिङ स्टुडियोकी सह सञ्चालिका हुन ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु