जिल्ला अस्पताल अछामको फार्मेसीबाट म्याद नाघेका औषधि बिक्री भएपछि ...................

छिनोफानो   बिहिबार १७, फागुन २०८० १२:०६

अछाम । जल्ला अस्पताल अछामले संचालन गरेको फार्मेसीबाट म्याद नाघेका औषधि बिक्री वितरण हुने पाइएको छ । अस्पतालमा निःशुल्क पाइने औषधि बाहेकका अन्य औषधि बिक्रीका लागि अस्पतालले संचालन गरेको फार्मेसीमा म्याद नाघेका औषधि भेटाएको हो ।

जिल्ला स्तरीय अनुगमन टोलीले मंगलबार अनुगमन गर्दा विभिन्न १२ प्रकारका म्याद नाघेका औषधि भेटाएको हो । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र स्वास्थ्य कार्यालय अछामको प्राविधिक सहयोगद्वारा बेच्न राखेका म्याद नाघेका औषधि अनुगमन टोलीले जफत गरेको हो ।

अनुगमनका क्रममा सन्सक्रिन लोसन ३८ पिस, सेटाफिल ६ पिस, क्लिडाजाइसिन २६ बक्स, टरबिनाफिन २५ बक्स, एमोसिसलिन प्लस वाक्सिन २० बोतल, विकाकोडिल ३१ स्ट्रिप, गोभापेन्टिन १ बक्स भेटिएको छ ।त्यस्तै रोजाभास्टिन ८५ स्ट्रिप, प्रिबायोटिक १ बोतल, एल्लोप्राजोल १ स्ट्रिप, अल्प्राजोलन साढे १६ स्ट्रिप र स्टालोप्राम साढे १६ स्ट्रिप औषधिको म्याद नाघेको भेटिएको हो ।

सरकारी अस्पतालले संचालन गरेको फार्मेसीमा म्याद नाघेका औषधि बेच्ने गरेको सूचनाको आधारमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष विकले बताए । प्रशासकीय अधिकृत बिकले भने अस्पतालले संचालन गरेको फार्मेसीमा म्याद नाघेका र ननाघेका औषधि एकै ठाउँमा राखेर बेच्ने गरेको पाइयो । स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा अनुगमन गरेर सचेत पत्रसमेत पठाइसकेको बताउदै   उनले भने, ‘जिल्ला प्रशासन कार्यालयले नेतृत्व गरेर फार्मेसी र मेडिकललाई कारबाही गर्न मिल्दैन । औषधि व्यवस्था विभागले नै अनुगमन गरेर कारबाही गर्ने व्यवस्था छ । यो विषयलाई माथिल्लो तहसम्म पुर्‍याइसकेका छौं ।’

जिल्ला अस्पतालका प्रमुख चन्द्रशेखर यादवले अस्पताल प्रशासनले समयमा ध्यान दिन नसकेका कारण फार्मेसीबाट म्याद सकिएका औषधि बिक्री भएको स्वीकार गरे ।  आफु कार्यालय प्रमुख भएर जिल्ला अस्पतालमा आएको म एक महिना मात्रै भएकोृ बताउदै उनले भने मैले यहाँको धेरै समस्या बुझ्न बाँकी छ । यो बारे अस्पताल प्रशासनबाट गल्ती भएकै हो । अब जति सक्दो चाँडो फार्मेसीलाई व्यवस्थापन गर्न आफु लाग्ने उनले बताए ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु