आज नेपाल र नामिबियाबीच खेल हुँदै

छिनोफानो   शुक्रबार १८, फागुन २०८० ०९:३५

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपालले नामिबियासँग खेल्दैछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । त्रिदेशीय शृङ्खलामा नेपालसहित नेदरल्यान्ड्स र नामिबिया रहेका छन् । नेपाल र नामिबियाबीच आज दोस्रो खेल हुन लागेको हो ।

यसअघिको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । हिजोको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनको फराकिलो अन्तरले हराएको थियो । अस्तिको खेलमा नेपाल नेदरल्यान्ड्सँग दुई रनले हारेको थियो । नेदरल्यान्ड्स २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नामिबिया २ अङ्कसहित दोस्रो स्थानमा छ । २ वटै खेल हारेको नेपाल पुछारमा छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु