जिल्ला अस्पताल अछाममा राजनीतिक गंन्ध ,महिना पिच्छे फेरिन्छन मे.सु

पवन भण्डारी   शुक्रबार १८, फागुन २०८० ०१:३६

पवन भण्डारी,धनगढी । जिल्ला अस्पताल अछाममा  राजनीतिक खिचातानीले  अस्पतालको सेवा प्रबाहमा समस्या हुँदै आएको छ । पछिल्लो समय जिल्ला अस्पताल अस्पतालमा पुर्ब कार्यालय प्रमुख रबि यादब र करिब १ महिना अगाढी मात्र कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका डाक्टर चन्द्र शेखर यादबको बिषय चर्चामा रहेको छ ।

डाक्टर रबि यादबलाई संघिय सरकारले काज फिर्ता गरि जिल्लामा डाक्टर चन्द्र शेखर यादबलाई पठायको थियो । तर डाक्टर चन्द्र शेखर हाजिर भएको केहि दिन मै डाक्टर रबि यादब संघिय सरकार मात्र थमौती पत्र सहित हाजिर हुन जिल्ला अस्पताल अछाममा पुगे । 

समाचार श्रोत भन्छ अस्पतालमा पहिलेका प्रमुख रबि यादबको काज फिर्ता भएपछि अस्पताल क्षेत्रमा हलचल फैलियको छ । कार्यालय प्रमुख समेत रहेका यादबले आफनो काज फिर्ता भन्दै अस्पताल पुग्दा कार्यालय प्रमुख डाक्टर चन्द्र शेखर यादबले कार्यभार सम्हाली सक्नु भएको थियो । रमाना भएर गईसकेका डाक्टर रबि यादब लाई पुःन फिर्ता पठाउदा संघिय सरकारले प्रदेश सरकार सँग कुनै समन्वय गरेको देखिदैन ।

डाक्टर रबि यादबको काजफिर्ता लाई जिल्ला अस्पताल अछामको ब्यावस्थापन पक्षले आधिकारीक मानेको छैन । बिगत एक महिना देखि डाक्टर रबि यादबले  जिल्ला अस्पतालमा हाजिरी समेत गर्न पायका छैनन् । बिगत एक महिना देखि डाक्टर रबि यादब भुमिका बिहीन छन । उनलाई अस्पताल प्रशासनले न हाजिरी गर्न दिएको छ न काम गर्न नै दिएको छ ।
जिल्ला अस्पताल अछामका अध्यक्ष सिब बहादुर बोगटीले यादबको काज फिर्ता कानुन संम्बत नभएको बताए । उनले भने संघिय सरकारबाट सिधै काज फिर्ताको चिठी जिल्ला अस्पताललाई पठाउन मिल्दैन । प्रदेश हुदै आउनु पर्ने तर यसो नभएको हुदा उनलाई हाजिर गर्न नदिएको बोगटीले बताए । 

डाक्टर यादबले राजनैतिक पावर प्रयोग गर्दै जिल्ला अस्पताल अछाममा सिधै रमाना लिएर आयको बताउदै बोगटीले भने सो बारे प्रदेश लाई जानकारी समेत छैन कसरी हाजिर गर्न दिने । डाक्टर रबि यादबको काज फिर्ता पछि थमौती संघिय सरकारबाट सिधै भएको छ । जिल्ला अस्पताल अछाम प्रदेश सरकारको मातहतमा रहेको छ । संघिय सरकारले डाक्टर पठाउदा प्रदेश सरकार मार्फत समन्धीत खटायको क्षेत्रमा जानु पर्ने भएपनि डाक्टर यादबले भने सो प्रक्रिया पुरा नै नगरेको आरोप ब्यावस्थापन पक्षको छ ।

तर यो बिषयमा डाक्टर रबि यादबले आफुलाई कुनै जानकारी बिना नै काज फिर्ता गरेको म्यासेज पठायको बताए । उनले भने म मन्त्रालयमा थिए मलाई कुनै जानकारी थिएन एक्कासी मलाई म्यासेज आयो । माघ १६ गते आफुलाई काज फिर्ता पत्र आएको भएपनि १८ गते स्वास्थ्य मन्त्रालयले मलाई पुनः हाजिर हुने गरि रमाना गरेको छ उनले भने । 

उनले पहिले प्रदेश सरकार मार्फत सबै प्रक्रिया पुगायर आएको र हाल कार्यरत रहेको हुदा स्वास्थ्य मन्त्रालयले सिधेै अस्पताल लाई नै पत्र पठायको उनले बताए । उनले भने मैले पटक पटक हाजिर गराउनु होस भन्दा अहिले ब्यावस्थापन समिती अध्यक्ष बोगटी तथा डाक्टर यादब मन्त्रालयमा पुगेको उनले बताए । 

आफुले कार्यालय प्रमुख हुदा कुनै बजबुजारथ नै नगरि उनिहरुले शक्तीको आडमा आफुलाई काज फिर्ता गरेको उनले बताए । डाक्टर यादबले आफुले काम गर्दा गर्देै पनि आफनो राजनैतिक बिचार मिल्ने लाई मेसु बनाउने सर्त सहित जिल्ला अस्पतालबाट ल्याएको उनले बताए । 

जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर चन्द्र शेखर यादवले  डाक्टर रबि यादबको काज फिर्ता प्रक्रियागत रुपमा भएको बताए । उनले भने उहाँ लामो समय सम्म अस्पतालको सम्पर्क बाहिर रहनु भयो सो अवस्थामा कार्यालय प्रमुख बिहिन हुदा उनको काज फिर्ता गरियको बताए । काज फिर्ता पछि उनले स्वास्थ्य मन्त्रालय बाट सिधै पत्र जिल्ला अस्पताल लाई पठाउन लगाउनु भयो त्यो त्रुटु पुर्ण छ,मन्त्रालय बाट केहि कमजोरी भएको हो उनले प्रदेश मार्फत आउनु पर्ने थियो त्यो भएन यादबले भने । जिल्ला अस्पताल अछाममा आठौ तहमा एक जनाको मात्र दरबन्दी  रहेको बताउदै उनलाई हाजिर गराउदा समेत समस्या हुने बताए ।

उनले भने प्रदेश सरकार हुदै आउनु पर्ने थियो सो पनि भएको छैन यदि प्रक्रिया पुरा गरेर आए पछि हाजिर गर्नमा कुनै समस्या छैन ।  डाक्टर यादब एक महिना मन्त्रालय बसेको र कार्यालयको सम्पर्कमा समेत नरहेको कार्यालय प्रमुख यादबको भनाई छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु