किन फेरिन्छन जिल्ला अस्पताल अछाममा कार्यालय प्रमुख,यस्तो छ रहस्य ............

पवन भण्डारी   आइतबार २०, फागुन २०८० ०१:३०

पवन भण्डारी धनगढी । जिल्ला अस्पताल अछाममा २ बर्षको अवधिमा ४ जना कार्यालय प्रमुख फेरिएका छन ।  महिनैपिच्छेको फरकमा कार्यालय प्रमुख फेरिदा अस्पतालको सेवा प्रवाहमा समस्या आएको स्थानियहरुको भनाई छ । आर्थीक बर्ष २०७९ देखि हाल सम्म ४ जना कार्यालय प्रमुख फेरिएका हुन । 

करिब दुई बर्ष कार्यालय प्रमुखको जिम्मेवारी पाएकी डा सोनाली बास्कोटाको समयअवधी सकिएपछि लगातार रुपमा कार्यालय प्रमुख फेरिरहेका छन । बास्कोटा पछि कार्यालय प्रमुखको जिम्मा डा भुवन जिसीलाई थियो । उनि पनि करिब ९ महिना काम गर्दै बिदा भए । छात्रबृती कोटामा रहेका डाक्टर भुवन जिसी स्थाई डाक्टर आएपछि उनको जिम्मेवारी सकियको हो । 

लगत्तै कार्यालय प्रमुखको रुपमा डा रबि यादवलाई जिम्मेवारी दिईयो । तर उनले ३ महिना काम गर्न नपाउदै उनलाई पाखा लगाई डाक्टर चन्द्र शेखर यादबलाई जिम्मेवारी दिईयो । डाक्टर रबि यादब काजमा जिल्ला अस्पताल अछाममा काम गरिरहेका थिए । २०८० असोज २ गते कार्यालय प्रमुखको जिम्मेवारी सहित जिल्ला अस्पताल अछाममा हाजिरी भएका डाक्टर यादबको काज मंिसर मै फिर्ता गरियो । आफनो काज फिर्ता राजनैतिक दबाबले भएको  डाक्टर रबि यादबले बताए । 

छिनोफानो डटकम सँग कुरा गर्दै डाक्टर यादबले भने ”मैले कानुन बिपरित अस्पताल ब्यावस्थापन पक्षले गरेका निर्णय खारेज गरे तेसैले मेरो राजनितिक पाओर प्रयोग गर्दै मलाई बिना जानकारी काज फिर्ता गरियो ।“ अस्पतालमा कर्मचारी भर्ना समन्धी ब्यावस्थापनले गरेको निर्णय कानुन संवत थिएन, मैले रद्ध गरेको हु डाक्टर यादबले भने । “मलाई यो बिचमा धेरै राजनैतिक दबाबहरु आय मैले कसैको कुरा सुनेन तेसैले मलाई हटाउने अस्पताल ब्यावस्थापन समितीले राजनैतिक पहल चालेको हो । ”अस्पताल लाई मैले राम्रो बनाउन खोजेको हु तर मलाई काम गर्ने वातावरण बन्न दियनन् उनले भने ।

जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर चन्द्र शेखर यादवले  डाक्टर रबि यादबको काज फिर्ता प्रक्रियागत रुपमा भएको बताए । उनले भने उहाँ लामो समय सम्म अस्पतालको सम्पर्क बाहिर रहनु भयो सो अवस्थामा कार्यालय प्रमुख बिहिन हुदा उनको काज फिर्ता गरियको बताए । 

अस्पतालमा आफु खुसी कर्मचारी नियुक्ती, सामानहरु खरिदमा अध्यक्ष र कार्यालय प्रमुख बिच समझदारी नमिल्दा कार्यालय प्रमुखहरु फेरिने गरेको समाचार श्रोतको भनाई छ । जिल्ला अस्पताल अछाम लगातार राजनैतिक चल्न थालेपछि अस्पतालको अवस्था बिग्रेको स्थानियको भनाई छ । हाल जिल्ला अस्पताल अछामका अध्यक्ष शिव बहादुर बोगटी हुनुहुन्छ । उनि नेकपा माओवादी केन्द्रका नेता हुन । सो बारे अस्पताल ब्यावस्थापन समितीका अध्यक्ष बोगटी भन्छन “म अस्पताल बनाउने पक्षमा छु लागी रहेको छु । राजनिती भयो कुरा निराधार आरोप मात्र हो  उनले भने ।” 


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु