बिबाह गर्दा वडाबाट उमेर पुगेको स्वीकृति लिन वडा अध्यक्ष तिमिल्सैनाको आग्रह

छिनोफानो   आइतबार २०, फागुन २०८० ०३:५१

धनगढी । अछामको कमलबजार नगरपालिका-५ ले बिबाह गर्दा जन्म दर्ता अनिवार्य हेर्न आग्रह गरेको छ । वडा कार्यालयले गत फागुनमा विवाह गर्नुपरेमा वडामा जन्मदर्ता पेस गरी उमेर पुगेको स्वीकृति लिनुपर्ने निणर्य गरेको  थियो । वडाले सो निणर्य गरेपछि हाल सम्म ४ जनाले वडाबाट स्वीकृति लिएर बिवाह गरेका छन । 

वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले वडामा बालबिबाह न्युनिकरणका लागी आफुले सो निणर्य गरेको बताए । उनले सो निणर्य पछि  अहिले बाल बिबाहमा केहि कमी आएको बताए । वडाले हाल सम्म बालबिबाह गरेका १८ जोडी लाई सम्झाई बुझाई आफन्तको जिम्मा लगाएको र उमेर पुगेर वडा कार्यालयको निणर्य लाई सम्मान गर्दै बिहे गरेका ४ जोडीलाई वडा कार्यालयले सम्मान गरेको अध्यक्ष तिमिल्सैनाले बताए । 

स्वीकृति नलिई विवाह गरेमा बिभिन्न सेवा सुबिधाहरु रोकीने बताउदै अध्यक्ष तिमिल्सैनाले भने हामीले कसैको बिवाह गर्दा भोजखान जादा समेत दुलाह दुलहीको उमेर पुगेको नपुगेको एकिन गरि जान सबै लाई आग्रह गरिएको बताए ।

वडालाई नै बालमैत्री बनाउन क्रियाशील रहेकाले त्यसका सूचकका बारेमा छलफल भइरहेको अध्यक्ष तिमिल्सैनाले बताए  छ । उनले यो कुरा नगरपालिकाले समेत लागु गर्नु पर्ने बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु