दार्चुलामा एक सशस्त्र हवल्दार मृत अवस्थामा फेला

छिनोफानो   सोमबार २१, फागुन २०८० ०४:०८

श्रीमती लाई भेट्न ससुराली पुगेका एक सशस्त्र प्रहरीका हवल्दार मृत अवस्थामा फेला परेका छन । बैतडी घर भएका सशस्त्र प्रहरीका सहायक हवल्दार दार्चुलामा मृत फेला परेका हुन । 

कञ्चपुरको बह्रमदेवमा कार्यरत सुरेन्द्रबहादुर बोहरा अपिहिमाल गाउँपालिका २ मा मृत फेला परेका हुन । मृतक बोहराकी श्रीमती गाउँपालिका स्वास्थ्यमा कार्यरत छन । बिदामा गएका बोहरा ससुराली घर नजिकै झुन्डीएको अवस्थामा मृत फेला परेको  जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी प्रहरी निरिक्षक गोविन्द भण्डारीले बताए । घटना बारे थप अनुसन्धान भईरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु