दार्चुलामा एक युवक पक्राउ,जस्ले गरेका थिए बालिकालाई करणी, प्रहरीलाई खुकुरी प्रहार

छिनोफानो   सोमबार २१, फागुन २०८० ०६:५३

धनगढी । जबरजस्ती करणी गरि फरार रहेका एक युवक लाई प्रहरीले पक्राउ गरेको छ । दार्चुला महाकाली नगरपालिका १ छापरी दहकोट बस्ने उमेश सिह कुँवर लाई प्रहरीले आज खलंगा पुलघाट बाट पक्राउ गरेको हो । 

एक बालिका लाई जवरजस्ती करणी गरि फरार रहेका कुँवर माघ ७ गते देखि फरार रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी प्रहरी निरिक्षक गोबिन्द भण्डारीले बताए । 

करणी गरेको जानकारी पछि घटना स्थलमा पुगेको प्रहरी टोलीलाई नियन्त्रणमा लिने बेला कुँवरले खुकुरी प्रहार गरेका थिए ।  कुँवरको खुकुरी प्रहारबाट प्रहरी हवल्दार जय बहादुर खड्का र प्रहरी जवान डम्मर बहादुर खड्का घाईते भएका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु