त्रिशुलीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ६ पुग्यो, ३८ जनाको उद्धार

छिनोफानो   बुधबार २३, फागुन २०८० ०९:५६

धादिङ – धादिङको घाटबेँसीबाट त्रिशुली नदीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । ज्यान गुमाउनेमा पाँच पुरुष र एक महिला छन् । ३८ जना यात्रुको उद्धार गरिएको छ । सात जनालाई थप उपचारकाे लागि काठमाण्डाै लगिएकाे तथा अरुहरुकाे भने गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भैरहेको धादिङ प्रहरीले जानकारी दिएकाे छ ।

कपिलवस्तुबाट काठमाण्डौका लागि छुटेको लु२ख २१२१ नम्बरको बस बिहान ४ बजेर ४० मिनेट जाँदा धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटना भएको हो । बसमा ५१ जना यात्रु र चालक रहेको प्रारम्भिक विवरण छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारका अनुसार एक महिलासहित ६ जनाको शव फेला परेको छ । ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन ।

त्रिशुली नदीमा बस छत मात्रै देखिएको अवस्थामा डुबेको छ । दुर्घटनापछि घाटबेँसीका स्थानीयबासिन्दा, इलाका प्रहरी कार्यालय गजुरी, ससस्त्र प्रहरीलगायतले घाइतेहरुको उद्धार गरेका छन् ।

सशस्त्र प्रहरी, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा खटिएको छ । बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु