सुदूरपश्चिम सरकारबाट समाजवादी पनि बाहिरियाे, सरकार अल्पमतमा

छिनोफानो   बिहिबार २४, फागुन २०८० ०९:५६

धनगढी । सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वकाे सरकारबाट नेकपा(एकीकृत समाजवादी) पार्टी पनि बाहिरिएको छ ।

संघमा एमालेसहितकाे नयाँ गठबन्धनमा सामेल हुँद‌ै प्रचण्ड सरकारमा गएको समाजवादी प्रदेश सरकारबाट बाहिरिएको हाे ।समाजवादीकातर्फबाट आर्थिक मामिला मन्त्री रहेका नरेशकुमार शाहीले मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर समीकरण फेरिएका कारण पदमा बसिरहन नसक्ने जानकारी गराएका छन् ।

शाहीकाे उक्त जानकारीपछि मुख्यमन्त्री शाहले उनले सम्हालिरहेकाे मन्त्रालय आफैसँग राखेका छन् ।

चार जना प्रदेशसभा सदस्य रहेकाे एकीकृत समाजवादीले संसदीय दलकाे बैठकबाट आजै सरकारलाई दिएकाे समर्थन पनि फिर्ता लिने निर्णय गर्ने जनाएको छ ।

माओवादी केन्द्रले यसअघि बुधबार नै प्रदेश सरकारलाई दिएकाे समर्थन लिएकाे थियाे । समाजवादी पार्टीले सरकारलाई दिएकाे समर्थन फिर्ता लिने भएसँगै कांग्रेस नेतृत्वकाे सरकार अल्पमतमा परेकाे छ ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु