राजनैतिक चपेटामा परि काज फिर्ता भएका डा रबिकुमार यादबलाई हाजिर गराउन सर्बोच्च अदालतको अन्तरिम आदेश

पवन भण्डारी   बिहिबार २४, फागुन २०८० ०९:३६

पवन भण्डारी धनगढी । जिल्ला अस्पताल अछाममा कार्यारत डाक्टर रबि कुमार यादब लाई हाजिर गराउन सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्बोच्च अदालतका माननिय न्यायधिस टेकराज ढुंगानाको एकल ईजलासले सर्वोच्च अदालतको नियमावली २०७४ को नियम ४९ उपनियम (२)को खण्ड क बमोजिम अन्तरिम आदेश जारी गरेको हो ।

जिल्ला अस्पताल अछाममा आठौ तहमा कार्यरत डाक्टर यादबलाई जानकारी बिना नै अस्पताल ब्यावस्थापन समितीले काज फिर्ता गरेर डाक्टर चन्द्र  शेखर यादव लाई कार्यालय प्रमुखको जिम्मेवारी दिएको थियो । आफुलाई जानकारी बिना नै काज फिर्ता गरे पछि डाक्टर यादवले स्वास्थ्य मन्त्रालयबाट काज थमोैती पत्र सहित जिल्ला अस्पताल अछाममा पुगेका थिए । 

तर जिल्ला अस्पताल अछामले भने स्वास्थ्य मन्त्रालयको पत्र कानुन सम्वत नभएको भन्दै काम गर्न तथा हाजिर गर्न समेत दिएको थिएन । एक महिना सम्म पनि अस्पतालले हाजिर गर्न नदिएपछि डाक्टर यादबले सर्बोच्च अदालतमा रिट दायर गरेका थिए । राजनैतिक शक्तीबाट आफुलाई बिना जानकारी काज फिर्ता गरेको आरोप डा यादबले लगाउदै आएका छन । 
सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गरिसकेको भएपनि अझै प्रक्रिया नपुगेको भन्दै आफुलाई हाजिर नगराएको उनले बताए । उनले भने बिस्तारै प्रक्रिया पुर्यायर आईतबार सम्म हाजिरी हुन्छु होला । आफुले पटक पटक हाजिर गराउनु भन्दा पनि अस्पताल प्रशासन तथा ब्यावस्थापन पक्षले सुनुवाई नै नगरेको बताए । बिगत लामो समय देखि आफ बस्दै आएको क्वाटरमा समेत डाक्टर चन्द्र शेखर यादबले अस्पतालका गार्ड, प्रहरी लगायतलाई ल्याएर खाली गराउन दबाब दिएको बताए ।

 म स्वास्थ्य मन्त्रालय बाट खटाएको कर्मचारी हु भन्दा पनि आफुलाई अस्पतालको कर्मचारी नभएको भन्दै डाक्टर चन्द्र शेखर यादबले क्वाटरबाट निकाल्न खोजेको उनले बताए । पछि प्रमुख जिल्ला अधिकारीले सो बारे कुरा गरे पछि म आफनै क्वाटर बसिरहेको छु अब आदेश आयो हाजिर हुन्छु होला उनले भने ।  
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु