सुचना अधिकारी बुढामगर सम्हाल्छन अस्पतालमा ६ फाँटको प्रमुख जिम्मेवारी,अन्य कर्मचारी हेराहेर

पवन भण्डारी   शनिबार २६, फागुन २०८० १२:५६

पवन भण्डारी, धनगढी । जिल्ला अस्पताल अछाममा एक कर्मचारीले ६ फाँटको जिम्मेवारी सम्हाल्ने गरेको भेटीएको छ । जिल्ला अस्पतालमा कार्यरत सिनियर नर्सिङ इन्र्चाज गंगा बुढामगरले ६ फाँटको जिम्मेवारी सम्हाल्ने गरेको भेटिएको हो । सुचना अधिकारी समेत रहेकी बुढामगर बिगत लामो समय सम्म जिल्ला अस्पताल अछाममा कार्यारत रहेकी छन । 

   उनले अस्पताल भित्रका ६ ओटा फाँटको प्रमुख जिम्मेवारी लिएकी छन । अस्पतालमा रहेका अन्य कर्मचारीहरुलाई पाखा लगाउदै बुढामगरले राजनैतिक आडमा हरेक फाँटहरुको जिम्मेवारी आफै सम्हाल्दै आएको समाचार श्रोतको भनाई छ । 

सिनियर नर्सिङ ईन्चार्जको रुपमा कार्यरत बुढामगरले आफु सिनियर भएको भन्दै अन्य सहकर्मीहरुलाई समेत दम्भ देखाउने  गरेको श्रोतको दाबि छ ।बुढामगरले नर्सिङ फाँट ईन्चार्ज,स्टोर साखा प्रमुख,ओसिएमसि प्रमुख,सुचना अधिकारी तथा प्रबक्ता,अप्रेशन कक्षको प्रमुख, एनस्टीया एसिस्टेन्ट, लगायतका प्रमुख जिम्मेवारी समाल्दै आएकी छन । 

बुढामगरले जिल्ला अस्पताल तथा जिल्ला स्वास्थ्य कार्यालय बाट सञ्चालीत बिभिन्न तालीमहरु समेत आफैले सञ्चालन गर्ने गरेको बुझीएको छ । बुढामगर अस्पतालको काममा भन्दा बढी काजमा बस्ने गरेको श्रोतको भनाई छ ।     अस्पतालको प्रमुख साखा स्टोर साखा समेत उनले नै सम्हाल्दै आएको  समाचार श्रोतको भनाई छ । समाचार श्रोत भन्छ औपचारीक रुपमा सुब्बाले स्टोर साखा सम्हाल्नु पर्ने भएपनि राजनैतिक शक्तीको आडमा बुढामगरले सो साखा समेत आफैले सम्हाल्दै आएकी छन  । 

तर जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर चन्द्र शेखर यादबले बुढामगर लाई सिनियर कर्मचारीको हिसाँबले ३ फाँटको जिम्मोवारी दिएको स्वीकार गरेका छन । उनले भने  एनस्टीया एसिस्टेन्ट,को तालिम उहाँले मात्र लिनु भएको छ तेसैले सो जिम्मेवारी अरुलाई दिन मिल्दैन अन्य ठाँउमा सिनियरको रुपमा उहाँलाई फाँट प्रमुखको जिम्मेवारी दिएको हो ।

तर स्टोर साखा सुब्बाको जिम्मामा नै रहेको डाक्टर यादबले बताए । अन्य अस्पतालको बिषयमा आफुलाई खासै जानकारी नरहेको बताउदै डाक्टर यादब भन्छन म भरखरै मात्र आएको हु मैले धेरै कुरा बुझन बाकी छ ।  बिगत लामो समय देखि जिल्ला अस्पताल अछाममा कार्यरत बुढामगर सिनियर नर्सिङ ईन्चार्जको रुपमा कार्यरत रहेकी छन । 
 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु