बझाङ प्रदेश सभा उपनिर्वाचन :एमालेले गर्‍यो उम्मेदवार सिफारिस

छिनोफानो   आइतबार २७, फागुन २०८० ०४:१३

बझाङ — आगामी वैशाख १५ गते बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं –१ को लागि हुने उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवारको नाम सिफारिस गरेको छ । नेकपा एमाले उपनिर्वाचनका लागि तीन जनाको नाम सिफारिस गरेको हो ।

उम्मेदवारको लागि छ जना आकांक्षी रहेका थिए । निर्वाचन क्षेत्रिय समन्वय कमिटीमा मतदान हुँदा बढी मत पाउने दमन भण्डारी, जुना जाग्री र राधा विस्टको नाम प्रदेश कमिटीलाई सिफारिस गरिएको एमाले बझाङ जिल्ला कमिटीका सचिव आनन्द विकले बताए ।

मतदानमा भण्डारीले ९४, जाग्रीले ६८ र विस्टले ६१ मत प्राप्त गरेका थिए । यस अघिको प्रदेश सभा निर्वाचनमा उम्मेदवार रहेका अफिलाल ओखेडाले ६० मत प्राप्त गरेका छन । अन्य उम्मेदवारका आकांक्षीहरू गोकुल सिंहले २८, प्रयागराज जोशीले १३ मत प्राप्त गरेको र ९ मत बदर भएको निर्वाचन कमिटीले जनाएको छ ।

गत निर्वाचनमा नेपाली कााग्रेसका उम्मेदवार पृथ्वीबहादुर सिंहसँग पराजित अफिलाल ओखेडा प्रदेश सभा उपनिर्वाचनको लागि बलियो दाबेदारको रुपमा रहेका थिए । आन्तरिक निर्वाचनमा कम मत प्राप्त गरेपछि उनको टिकट पाउने सम्भावना कम रहेको सचिव आनन्द विकले बताए । ‘प्रदेश वा केन्द्रले कुनै निर्णय गरे अर्कै कुरा हो । जिल्लाबाट उहाँको नाम सिफारिसमा परेन' उनले भने ।

बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं १, बाट निर्वाचित नेपाली का‌ग्रेसका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भए पछि यहाँ उपनिर्वाचन हुन लागेको छ । सुदूरपश्चिम सरकारको आन्तरिक मामिलामन्त्री भएको बेला गृहजिल्ला आउादै गर्दा गत असारमा उनी सवार गाडी दुर्घटना भएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु