जग्गा प्राप्त हुन नहुदा अघि बढ्न सकेन प्राथमिक ट्रमा सेन्टरको काम

छिनोफानो   सोमबार २८, फागुन २०८० ०१:५९

जग्गा प्राप्त हुन नसक्दा कैलालीको लम्कीमा निर्माण हुने भनिएको प्राथमिक ट्रमा सेन्टरको काम अघि बढ्न सकेको छैन । चालु आर्थिक वर्ष २०८०र८१ मा स्वास्थ्य पूर्वाधारअन्तर्गत ५० शय्याको ट्रमा सेन्टर स्थापनाका लागि बजेट विनियोजन गरिए पनि जग्गा प्राप्त हुन नसक्दा आवश्यक प्रक्रिया अघि बढ्न नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीले जनाएको छ ।

ट्रमा सेन्टर निर्माणका लागि आर्थिक वर्ष २०७८र७९ मा सङ्घीय सरकारको वार्षिक स्वीकृत कार्यक्रमअनुसार  पाँच करोड रुपैयाँ  विनियोजन गरिएको थियो । तर भवन बनाउनका लागि जग्गा प्राप्त हुन नसक्दा यो रकम ‘फ्रिज’ भएको थियो ।

कार्यालयका सूचना अधिकारी सौरभ कलौनीले लम्कीमा प्राथमिक ट्रमा सेन्टर निर्माणका लागि जग्गा प्राप्त हुन नसक्दा ठेक्का प्रक्रिया अघि बढ्न नसकेको जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु