छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

छिनोफानो   सोमबार २८, फागुन २०८० ०२:१५

अछाममा छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । मङ्गलसेन नगरपालिका निवासी अन्दाजी ३५ वर्षीय युवकले आपलन्र नाबालक छोरीलाई बलात्कार गरेको भन्दै उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । 

घरमा एक्लै भएको बेलामा छोरीलाई बलात्कार गरेको पीडितको आमाले देखेपछि घटना बाहिर आएको जिल्ला  प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले जानकारी दिनुभयो । 

आरोपितलाई घरबाट पक्राउ गरी अदालतबाट म्याद थप भई अनुसन्धानको प्रक्रियामा रहेको निरीक्षक साउदले जानकारी दिनुभयो । बालिकाको स्वास्थ्य परीक्षणपछि प्रहरीको निगरानीमा रहने गरी आमाको जिम्मा लगाइएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु