जिल्ला अस्पताल अछामको लाज छोप्ने विज्ञप्ति : जिम्मेवारी दिएको विज्ञप्ति मै स्वीकार,समाचार लाई भन्छ भ्रामक

पवन भण्डारी   मङ्गलबार २९, फागुन २०८० ०३:४३

धनगढी । जिल्ला अस्पताल अछामले सुचना अधिकारी बुढामगर सम्हाल्छन अस्पतालमा ६ फाँटको प्रमुख जिम्मेवारी,अन्य कर्मचारी हेराहेर शिर्षकमा प्रकाशित समाचारको खण्डन गर्दै एक विज्ञप्ति जारी गरेको छ । 

छिनोफानो डटकममा प्रकाशित समाचार लाई लिएर जिल्ला अस्पतालले त्यसको खण्डन गर्दै विज्ञप्ति जारी गरेको हो । जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा चन्दै शेखर यादब द्धारा हस्ताक्षरित विज्ञप्ति मार्फत समाचारमा सत्यता नरहेको दाबी गरेको छ । तर अस्पतालले जारी गरेको विज्ञप्ति हचुवाको भरमा जारी भएको प्रष्ट देखिन्छ । अस्पताल भित्रका कमीकमजोरी लुकाउनका लागी अस्पतालले विज्ञप्ति मार्फत झारो टार्ने  र अस्पताल भित्रको बेथिति लुकाउने काम गरेको छ । 

छिनोफानो डटकममा प्रकाशित समाचार र विज्ञप्तिमा भनिएको कुरा एउटै देखिन्छ । बुढामगरले ६ फाँटको प्रमुखको जिम्मेवारी सम्हालेको भन्दै प्रकाशित समाचारको खण्डन गरेको विज्ञप्तिमा समेत सो कुरा स्वीकार गरेको प्रष्ट देखिन्छ । 
अस्पतालका प्रमुख डा चन्द्र शेखर यादबले आफैले स्वीकार गरेको र विज्ञप्तिमा समेत स्वीकार भएको समाचारलाई भ्रामक देख्नुले डाक्टर यादबको चरित्र माथी प्रश्न चिन्ह खडा भएको छ । डाक्टर यादबले छिनोफानो डटकम सँग समाचारका बारे गरेको कुराकानीमा बुढामगर लाई सिनियर कर्मचारीको हिसाँबले ३ फाँटको जिम्मोवारी दिएको स्वीकार गरिसकेका थिए भने  विज्ञप्तिमा समेत सो कुरा स्पष्ट देखिन्छ ।

आफैले बोलेको र आफैले जारी गरेको विज्ञप्तिमा समेत समाचारमा आएको कुरा सत्य रहेको उल्लेख भएपनि भ्रामक भन्दै विज्ञप्ति जारी गर्ने डा यादबको कार्यशैलि प्रति नागरिकहरुले के सोच्ने । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु