जिपको ठक्करबाट एकजनाको मृत्यु

छिनोफानो   बिहिबार ०१, चैत २०८० ०९:४१

धनगढी । कैलालीको अत्तरियामा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

गोदावरी नगरपालिका–१ पदमा अस्पताल नजिक से १ च १५३९ नम्बरको महेन्द्रा बोलेरो जिपको ठक्करबाट जेब्रा–क्रसिङग गरिरहेको पैदलयात्री गोदावरी नगरपालिका–१ का ७० वर्षीय बासुदेव खरेलको बुधवार साँझ मृत्यु भएको हो।

ठक्करबाट गम्भिर घाईते भएका उनको पदमा अस्पताल अत्तरिया हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।

जिप र चालक जिल्ला डडेल्धुरा परशुराम नगरपालिका १२ बस्ने २९ वर्षीय जयबहादुर बोहरालाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता चन्दले जनाएका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु