अछामका पालिकाहरु मध्ये कार्यसम्पादन मूल्यांकनमा मंगलसैन नगरपालिका पहिलो नम्बरमा

छिनोफानो   बिहिबार ०१, चैत २०८० ०४:४९

धनगढी । अछामको  मंगलसेन नगरपालिका ७०.३९ अंक सहित स्थानीयतहको कार्यसम्पादन मूल्यांकनमा पहिलो भएको छ । आर्थिक वर्ष ०७९/८० को कार्यसम्पादन मूल्यांकनमा जिल्लामा रहेका १० पालिकाहरु लाई पछि पार्दै मंगलसेन नगरपालिका ७०.३९ अंकसहित पहिलो भएको हो । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्यांकन अनुसार देशका सात सय ५३ स्थानीय तहमध्ये मंगलसेन २९ औँ स्थानमा रहेको छ । सुदूरपश्चिम प्रदेशका ८८ पालिकामा मंगलसैन चौथो तथा देशभरका नगरपालिकामध्ये मंगलसेन नवौँ स्थानमा छ । 

मंगलसैन नगरपालिका लामो समयदेखि निमित्त प्रमुख प्रशासकियको भरमा सञ्चालन हुँदै आएको छ । जिल्ला सदरमुकाममा रहेको यो नगरपालिका लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारीले सम्हादै आएका छन् । मंगलसैन नगरपालिका कार्यसम्पादनमा कमजोर देखिएको विश्लेषण हुने गरेको भए पनि मंगलसेन भने प्रथम हुन सफल भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु