त्रिनगर भन्सार नाकामा रिक्सा चालकहरुको ठगी,भारतबाट फर्केकाहरु निशानामा,२ किलोमिटरको भाडा ५ सय भारु सम्म

पवन भण्डारी   शुक्रबार ०२, चैत २०८० ०२:२१

पवन भण्डारी,धनगढी । त्रिनगर भन्सार नाकाबाट धनगढी बसपार्कसम्म चल्ने अटोरिक्साले भारतबाट आउने नेपालीहरुलाई ठग्ने गरेका छन । त्रिनगर भन्सारबाट धनगढी बसपार्क करिब २ किलो मिटर मात्र रहेको छ । रिक्सा भाडा प्रतियात्रु ४० रुपैया कायम रहेको भएपनि चालकहरुले प्रतियात्रु ३ सय भारु सम्म लिने गरेका छन ।

भारतमा रोजगारी गरि फर्केका नेपालीहरु विषेश गरि रिक्सा चाँलकहरुको निसानामा पर्ने गरेका हुन । मंगलबार भारतबाट रोजगारी गरि फर्केका कैलालीको गौरीगंगा नगरपालिका अण्डैयाका मुकेश भण्डारीले धनगढी  बसपार्क सम्म पुर्‍याई दिन रिक्सा चाँलकलाई भने । 

तर रिक्सा चालकले समान सहित सिधै २५ सय भारु  भाडा हो  दुई रिक्सा लिनु पर्छ भने पछि म झस्कीए  भण्डारीले भने । भारतमा लामो समय रोजगारी गरि फर्केकाले सामानहरु पनि आफुसँग थियो एक रिक्सामा सामान नअट्ने भएपछि दुई रिक्सा बनाउनु पर्ने भयो मैले मिलाउन आग्रह गरे तर रिक्साचालकहरु मान्ने पक्षमा नदेखिए पछि मैले २ हजार दिन्छु भने,त्यस पछि उनिहहरुले सामानहरु हाले । 

करिब ८ बर्ष पछि नेपाल आएका कारण मलाई  रिक्सा भाडाबारे कुनै जानकारी थिएन भण्डारीले । आफुबाट रिक्सा चाँलकहरुले तपाईको सामान धेरै छ प्रहरीले भन्सारमा खोल्छ भनेर थप ३ सय दिए प्रहरीले चेकजाँच नगर्ने प्रहरीलाई आफै मिलाइ दिने  भन्दै लिएको बताए । तर आफु चढेको रिक्सा प्रहरीले कतै नराकेको उनले बताए । 

पछि आफु धनगढी पुगेर अन्य रिक्सा चालकहरुलाई बुझदा मात्र  आफु ठगीएको उनले बताए । हामी बर्षौ मिहेनत गरेर आउछौ,भारतमा भन्दा नेपाल मै ठगिन्छौ कस्तो बिडम्बना उनले भने । यस्तै गुनाँसो अछाम मंगसैनका नेत्र साँउदको पनि रह्यो । साँउद भन्दछन मैले बसपार्क सम्मको ६ सय भारु तिरे । सबै रिक्सा चालकहरु मिलेका हुदा रैछन,उनिहरुले भारतबाट आएका नेपालीहरुलाई ठग्ने मात्र योजना बनाएका हुदा रैछन् कस्तो बिडम्बना । 

यता अटो रिक्सा ब्यावस्थापन समितीका अध्यक्ष मिन राज जोशीले धनगढी बसपार्क बाट त्रिनगरनाका सम्मको भाडा ४० रुपैया रहेको बताउदै सो भन्दा बढि लिएको भेटिए कारवाही गर्ने बताए । भारतबाट आएका नेपालीहरुले भाडा बढि लिएको गुनाँसो पहिले पनि गरेका हुन हामीले प्रशासन सँग छलफल समेत गरेर चाँलकहरुलाई सम्झायका थियौ । तर यात्रुहरुले कसैलाई जानकारी नदिदा कतिपय चालकहरुले यस्तो काम गरेका होला हामी नम्बर सहित भेटायमा कारवाही गर्छौ । उनले बढि भाडा लिने अटोरिक्साको नम्बर टिपेर प्रहरी वा समितीलाई दिन आग्रह गरे । 

कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले भाडा भन्दा बढि लिने रिक्साई कारबाही गर्ने बताए । उनले भने प्राय यस्ता कुराहरुमा प्रहरीलाई समेत जानकारी गराउनु पर्छ तर मानिसहरु जानकारी गराउदैन् तेसैले प्राय यो समस्या बढेको हुन सक्छ । म यो बारे तुरुन्त बुझन लगायर कारबाही गर्छु प्रमुख जिल्ला अधिकारी मिश्रले भने ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु