नेपाली गहनालाइ राष्ट्रिय गहना घोषणा गर्नु पर्छ : अध्यक्ष लामिछाने

छिनोफानो   शनिबार ०३, चैत २०८० १२:३९

 धनगढी । नेपाल सुनचाँदी व्यवसायी संघ सुदुर पश्चिम प्रदेशका प्रदेश अध्यक्ष सन्तोष लामिछाने ले नेपालका मौलिक गहनाहरुलाई राष्ट्रिय गहना बनाउनु पर्ने बताएका छन । नेपाल सुनचाँदी व्यवसायी महाँसंघ सुदुरपश्चिम प्रदेशको चौथो प्रदेश सभा तथा दोस्रो अधिबेशनको उद्घघाटन सत्रमा शुभकामना मन्तब्य राख्दै उनले यस्तो बताएका हुन ।

पछिल्लो समय बिदेशी गहनाहरुले बजार लिईरहेको अवस्थामा नेपाली गहना ओझलमा पर्न सक्ने खतरा रहेको भन्दै यस तर्फ सरकारको ध्यान जानु पर्ने बताए ।   अध्यक्ष लामिछाने ले भने हाम्रा परम्परागत मौलिक सस्कृती झल्किने गर गहनाहरु लोपउन्मुख अवस्थामा रहेकाले राज्यले यस तर्फ ध्यान दिनु पर्ने बताए ।  परम्परागत गहनाहरुलाई सरकारले मान्यता प्रदान गर्नु पर्ने बताउदै उनले भने यसका लागी कानुन समेत आवश्यक रहेको छ सरकारको ध्षन जानु पर्छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु