सुनचाँदी ब्यावसायी महासंघ सुदुरपश्चिम प्रदेशको साभापतीमा सन्तोष लामिछाने

छिनोफानो   आइतबार ०४, चैत २०८० ०४:००

धनगढी । नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदुरपश्चिम प्रदेशको सभापतीमा सन्तोष लामिछाने चयन भएका छन ।  शनिबार सम्पन्न संघको चौथो प्रदेश सभा तथा दोस्रो अधिवेशनले लामिछानेको संयोजवत्वमा ११ सदस्यीय प्रदेश कार्य समिती गठन गरेको हो ।  

कार्यसमिती उप सभापती अर्जुन सुनाँर गहतराज,दिवस जंग स्नेही, सचिब सकुन्ता सोब,सहसचिब दिनेश सोब, कोषाध्यक्ष उमेश सुनुवार सहकोषाध्यक्ष दिप पौडेल र सदस्यहरुमा टिकाराम बिश्वकर्मा,सुरेश सुनार ,पदम दयाल र चाँदनी कुरमारी ठाकुर रहेका छन । निर्वाचित भईसकेपछि पत्रकार सँग कुराकानी गर्दै अध्यक्ष लामिछानेले सुन चाँदी व्यवसायीका समस्यालाई समन्धीत ठाँउमा राखेर समाधान गर्ने बताए ।

उनले  पछिल्लो समय बिदेशी गहनाहरुले बजार लिईरहेको अवस्थामा नेपाली गहना ओझलमा पर्न सक्ने खतरा रहेको भन्दै यस तर्फ सरकारको ध्यान जानु पर्ने बताए ।   अध्यक्ष लामिछानेले भने हाम्रा परम्परागत मौलिक सस्कृती झल्किने गर गहनाहरु लोपउन्मुख अवस्थामा रहेकाले राज्यलाई समेत यस तर्फ ध्यान दिन पहल गर्ने बताए ।  परम्परागत गहनाहरुलाई सरकारले मान्यता प्रदान गर्नु पर्ने बताउदै उनले भने यसका लागी कानुन समेत आवश्यक रहेको छ सरकारको ध्यान जानु पर्छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु