नेकपा   एमालेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण  कार्यक्रम तुर्माखाँदमा सम्पन्न

छिनोफानो   सोमबार ०५, चैत २०८० ०९:०२

नेकपा  एमाले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण  कार्यक्रम तुर्माखाँदमा सम्पन्न भएको छ । नेकपा एमाले तुर्माखाँद गाउपालिका कमिटीका अध्यक्ष  गोैमति कुमारी शाहीको अध्यक्षतामा भएको भेलालाइ  सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय कमीटी सदस्य तथा अछाम जिल्ला  ईन्चार्ज लाल बहादुर थापाले मुलुकको बस्तुगत आवश्यकताको आधारमा नया गठबन्धन भएको बताउनुभयो । 

साथै उहाँले देशको सपना देखेको र दृढ ईच्छा शक्ति भएको राजनितिक दल नेपाली जनताले खोजेकाले त्यो राजनिति दल नेकपा एमाले भएको बताउनुभयो ।  बिद्यमान राष्ट्रिय  राजनिति बिषयमा प्रशिक्षण गर्दै थापाले अहिले मुलुकको राजनितिक अवस्था परीवर्तन भएको बताउदै जनताले  नेकपा एमाले बाहिर बसेर यो मुलुकको समृद्धि नहुने  भन्ने  म्यानडेट दिएकाले  नयाँ गठबन्धनको सरकार भएको उहाँको भनाइ थियो । हिजो नेकपा एमालेको नेतृत्वमा रहेको सरकारले थुप्रै लोकप्रीय कार्यक्रमको थालनि गरेको तर यो मुलुलाई कहिले पनि सम्बृद्ध देख्न नचाहने  दलहरूको गठबन्धन सरकारका कारण सबै योजनाहरू अलपत्र  परेकाले तिनै अलपत्र परेका योजनालाइ निरन्तरता दिन नेकपा एमालेले बर्तमान गठबन्धन सरकारको नेतृत्व गरेर नया गठबन्धन सरकार गठन भएको बताउनु भयो । 

यस्तै भेलामा पार्टिको दशौ राष्ट्रिय  महाधिबेशनको कार्यदिशा  बिषयमा प्रशिक्षण दिदै नेकपा एमालेका केन्द्रीय कमिटिका सदस्य यज्ञ बहादुर बोगटीले पार्टिलाइ चलायमान बनाउन पार्टिले तय गरेको शैदान्तिक पक्षको बारेमा स्पष्ट हुनु पर्ने बताउनु भयो । अछाम जिल्ला क्षेत्र नं २ का निबर्तमान सांसद समेत रहेका बोगटीले कम्युनिष्टका नेता कार्यकर्ताहरू भित्र  रहेको अवसरका कारण आज कम्युनिष्हरूको बिचमा स्थाइ एकता हुन नसकेको बताउनुभयो ।  

फरक प्रसंगमा बोल्दै बोगटीले आज समाजको आबश्यकता भन्दा पनि ब्यक्तिको आवश्यकताका कारण  प्रदेश तथा संघिय सरकारबाट कमिसनका दिरएर निर्माण गरीने  योजनाहरूले  समाजको फाइदा भन्दा पनि  ब्यक्ति फाइदा हुने भएकाले  त्यस्ता गलत प्रबृत्ति को नेकपा एमालेले खबदारी गर्नु बताउनु भयो । आफु माननीय हुदा अछाम जिल्लाको शिक्षा,स्वास्थ्य,सडकका क्षेत्रमा काम गरेको तर अहिलेका हाम्रा जनप्रतिनिहरूले केही नगरेको सुरूवात गरेका योजनाहरू समेत कटौती गरेको उहाँको आरोप थियो ।  

भेलामा सुदुरपशिचम प्रदेश कमिटिका सदस्य शिबप्रसाद उपाध्यायले पार्टिलाइ ब्यवस्थित तरीकाले चलाउने हो भने पार्टि संगठन बलियो हुने भएकाले पार्टिलाइ ब्यस्थित ढंगबाट चलाउन आवश्यक रहेको बताउनुभयो । भेलामा नेकपा एमाले जिल्ला कमिटि अछामका अध्यक्ष  चन्द्र बहादुर बोहराले लेलिनबादी संगठनको सिद्धान्त र पार्टी सदस्यता बिषयामा आफ्ना भनाइ राख्दै कम्युनिष्ट पार्टीलाई सही तरीकाबाट चलाउन लेलिनबादी संगठन सिद्धान्त स्वीकार गर्नु पर्ने  बताउनु भयो ।

साथै उहाले  ब्यक्ति गौण कुरा र पार्टि मुख्य कुरा भएकाले पार्टी  बलियो भयो भने मात्र  राज्यका विभिन्न तहमा पार्टीका नेता कार्यकर्ता को उपस्थिति रहने बताउनु भयो । भेला उपस्थित कार्यकर्ताहरूलाइ निर्देशन दिदै बोहराले  पार्टिलाइ बलियो बनाउन पार्टिले गरेका निर्णयहहरूको कार्यान्वयन गर्नु पर्ने यदि निर्णय कार्यान्वयन गर्नेहरू अराजक भएको बताउनुभयो । 

यस्तै भेलामा नेकपा एमाले जिल्ला कमिटी अछामले गरेको १३औं बैठकका निर्णयहरू सार्वजनिक गर्दै जिल्ला किमिटी अछामका सचिव भिम रावलले  पार्टि निर्माणमा जनसंगठनहरूको भुमिका बिषयमा प्रशिक्षण दिदै  जनसंठन भनेका पार्टीको पिल्लर भएकाले पिल्लर कमजोर भएमा पार्टि कमजोर हुने भएकाले सम्पुर्ण जनसंगठनका  प्रमुखहरूले पार्टि कमजोर हुन नदिन पिल्लरको काम गर्नु पर्ने बताउनु भयो । 

कार्यक्रममा  स्थानिय सरकारको अवस्था र पार्टिको भुमिका बियषमा बोल्दै तुर्माखाँद गाउपालिका अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटि अछामका उपसचिव डम्बर बहादुर बिसिले स्थानियतहमा प्राप्त श्रोत र साधन हुन नसक्दा परनिर्भर  हुनु पर्ने अवस्थाले सोचे अनुसारको रिजल्ट स्थानिय तहमा आउन नसकेको बताउनु भयो । साथै उहाले बिगतका सरकारले के गर्यो त्यो जनताले मुल्यांकन गरीसकेकाले आफु निर्वाचित हुदा जनताका बिचमा गरेका प्रतिबद्दता क्रमस पूरा गर्दै गएको र  तुर्माखाँद गाउपालिकामा शिक्षा क्षेत्रमा नया आयाम दिन  यस पालिकामा रहेका सम्पुर्ण जनप्रतिनिधि,कर्मचारी,नेता कार्यकर्ता,शिक्षकहरू लगाएका छोरा छोरीहरूलाइ अनिवार्य सामुदाियक बिद्यालय मा भर्ना गरी अध्यापन गराउने निर्णय गाँउपालिकाले गरीसकेकाले आगामि शैशिक सत्रबाट सो निर्णय कार्यान्वयन हुने बताउनु भयो । 
यसै गरि पार्टी निर्माणमा  सदस्यहरूको भुमिका बिषयमा सहजिकरण गर्दै राष्ट्रिय  प्रतिनिधि परीषद सदस्य बम बहादुर बि।सी।ले तुर्माखाँदमा पार्टिको संगठन निर्माणमा पार्टी सदस्यहरू लागी परेकाले तर हाम्रा सददस्यहरूको आचरण ठिक हुनुपर्ने  यदी हाम्रो आचरण ठिक भएन भने पार्टिको संगठन निर्माणमा समस्या हुने बताउनु भयो ।  साथै उहाले कस्तो ब्यक्तिलाइ पार्टि सदस्यता बनाउने भन्ने बिषयमा पार्टी बिधानमा स्पष्ट ब्यवस्था भएको बताउदै पार्टि निर्माणमा सदस्यहरूको महत्वपुर्ण भुमिका रहने बताउनु भयो । 

कार्यक्रममा राष्ट्रिय प्रतिनिधि परीषद सदस्य डिबि साउदले  युवा र पार्टि बिषयमा प्रशिक्षण गर्दै पछिल्लो समय युवाहरू बिदेशिने लहर बढेकाले उनिहरूलाई स्वदेशमै रोजगारी सृजना गरी पार्टि काममा लगाउनु पर्ने बताउनु भयो । यसैगरी जिल्ला कमिटी सदस्य तथा संगठन बिभाग पमुख प्रकाश शाहले पार्टि निर्माणमा संगठन बिभागको भुमिका बिषयमा प्रशिक्षण गर्दै हाल नेकपा एमाले जिल्ला कमिटिको तथ्याकंमा नेकपा एमाले तुर्माखाद पालिका कमटी दोस्रो मा रहेकाले अब २०८१मा पार्टी सदस्यता सर्वाधिक नबिकरण गरी पहीलो हुनुपर्ने बताउनु भयो । 

कार्यक्रममा पार्टिका प्रदेश प्रतिनिधि परीषद सदस्य हिरेण्ड भट्टराईले ले सुचना प्रबिधि र जजब बिषयमा प्रशिक्षण गर्दै पार्टिले तयार गरेको एप्सको प्रयोग गर्नुपर्ने बताउनु भयो । भेलामा नेकपा एमाले प्रदेश कमिटिका सदस्य पदम बहादुर बुढा,जिल्ला कमिटी सदस्य तथा तुर्माखाद गाउपालिका ईन्चार्ज नरेश कुमार शाही,जिल्ला कमिटी सदस्य निरक बहादुर शाही लगाएत समेत मन्तब्य राख्दै पार्टिका नेताहरुले अन्य राजनितिक दलहरुसंग शैदान्तीक बहस गर्न पार्टिको निति र सिदान्तका बारेमा जानकारी राख्नु पर्ने बताए  । 

भेलामा नेकपा एमाले जिल्ला कमिटिका सचविालय सदस्य सिद्धा देबी शाह, जिल्ला सदस्य निर्मला धमाला न्यौपाने,अर्जुन बुढा,अमर चलाउने,तुलक्षि गिरी बिष्ट,डबल बहादुर चलाउने,पार्टिका जिल्ला सल्लाहकार सदस्य, पार्टिका विभिन्न जनसंगठनहरूका प्रमुख तथा प्रतिनिधि, पालिका कमिटीका पदाधिकारी तथा सदस्य , विभिन्न वडा कमिटी, लगायत पार्टि सदस्यहरूको सहभागीता रहेको भेलामा नेकपा एमाले सुदुरपशिचम प्रतिनिधि परीषद सदस्य बिमला कुमारी शाहीले धन्यबाद मन्तब्य राख्नु भएको  थियो । 

एमाले तुर्माखाँद गाउपालिका कमिटीका उपाध्यक्ष  धन बहादुर साँउदले स्वागत मन्तब्य राख्नु भएको भेलाको संञ्चालन पालिका कमिटि सचिव पदम बहादुर बिसिले गर्नु भएको थियो । भेलाले पार्टीका विभिन्न वडाहरूमा भेला तथा बैठक गर्ने,पार्टिका सदस्यताहरू नबिकरण गर्ने लगाएतका निर्णयहरू गरेको पालिका ईन्चार्ज नरेश कुमार शाहीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु