धनगढीका मेयर हमाल लाई धम्की दिने भनिएका युवकले गरे उप-महानगरपालिका भित्रै विषादी सेवन,

छिनोफानो   मङ्गलबार ०६, चैत २०८० ०२:२०

धनगढी । धनगढी उप-महानगरपालिका कार्यालय परिसरमा एक युवकले विषादी सेवन गरेका छन् । उप-महानगरपालिका कार्यालयमा धनगढी उपमहानगरपालिका-६ मट्यारीका गणेश रानाले विषादी सेवन गरेका हुन् । नगरपालिका परिसरमा विषादी सेवन गरेको अवस्थामा भेटिएपछि नगर प्रहरीले उद्दार गरेर सेती प्रादेशिक अस्पताल पुगाएका थिए । 

रानाकोसेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ । प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले रानाको अवस्था गम्भीर रहेको बताए । उनले भने  सघन उपचार कक्ष (आईसीयू) मा राखेर हामीले उपचार गरिरहेका छौ । उनले अर्गानिक फस्पोरस (ओ.पी) सेवन गरेको बताउदै उनले भने रिर्पोट अर्झै आउन बाकी छ, रिर्पोट आएमा थप पत्ता लाग्ने बताए । 

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले रानाले आफूलाई वाट्सअप मार्फत धम्की दिएको भन्दै सोमबार जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दै निवेदन दिएका थिए ।प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कारवाहीका लागि पठाएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले रानाले आफै छलफलका लागि लागी जिल्ला प्रहरी कार्यालयमा आउने बताएका थिए । तर मंगलबार बिहान उपमहानगरपालिका कार्यालयमा देखिएका रानाले एकाएक विषादी सेवन गरेको खवर आएको बताए  ।

रानाका अंकलले गणेशलाई नगरप्रहरीले बिहान ८ बजे घरमा पुगेर नियन्त्रणमा लिएको बताए । उनले भने बिहान १० बजे नगरपालिका बाट गणेशले बिष सेवन गरेको भन्दै खबर गरे पछि आफुले जानकारी पाएको बताए । उनले नगर प्रहरीले नियन्त्रणमा लिएको ब्याक्तीले उस्कै सामु बिष सेवन गर्नुमा संकात्मक कुरा रहेको बताए । सोमबार गणेश राना र मेयर हमाल बिच जग्गा कित्ताकाट समन्धी सामान्य बिबाद भएको सुन्नमा आएको उनले बताए । 

तर नगर प्रहरीले भने रानालाई नियन्त्रणमा नलिएको दाबी गरेको छ । धनगढी नगर प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक भुपेन्द्र खड्काले रानालाई नियन्त्रणमा लिएको कुरामा सत्यता नभएको बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु