एसपी बिष्टले कैलाली प्रहरीको कमाण्ड सम्हालेको १ महिना मै १ सय ६ फरार प्रतिवादी पक्राउ

छिनोफानो   बुधबार ०७, चैत २०८० १२:५९

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न मुद्दामा कैद सजाय तथा जरिवाना पाएर लामो समय देखि फरार रहेका १ सय ६ प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको नेत्रृत्व परिवर्तन भएर प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले कार्यभार सम्हाले सँगै एकपछि अर्को गर्दै फरार प्रतिवादी पक्राउ पर्न थालेका हुन ।                                                                                             
गत ७ फागुनमा कैलाली प्रहरीको कमाण्ड सम्हालेका एसपी बिष्टले एक महिनाको अवधीमा जिल्लाका विभिन्न स्थानबाट विभिन्न मुद्दामा दोषी ठहर भएर फरार भएका १०६ जनालाई पक्राउ परेका हुन  ।सबैभन्दा धेरै वन सम्बन्धीका विभिन्न मुद्दाका ३० जना फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  

त्यसपछि लागुऔषध मुद्दाका १६ जना, चेक अनादर मुद्दाका १० जना, अपराधिक विश्वास घात मुद्दाका ६ जना, सवारी ज्यान मुद्दाका ५ जना र जालसाजी मुद्दाका ५ जनालाई पक्राउ गरेर आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ । 

 यस्तै कुटपिट, गाली बेइज्जती, आत्महत्या दुरुत्साहन, आगजनी, जबरजस्तीकरणी लगायतका अन्य विभिन्न मुद्दाका थप ३४ जनालाई समेत पक्राउ गरेर कारवाहीका लागि सम्बन्धीत निकायमा पठाइएको एस पि बिष्टले बताए ।अपराधिक गतिविधिमा संलग्न भएर अदालतबाट सजाय पाइसकेका तर लामो समयदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गर्न विशेष अभियान चलाइएको एसपी बिष्टले बताए । सोही अन्र्तरगत जिल्लास्थित मातहतका सबै प्रहरी कार्यालय र युनिटको सक्रियतामा एक महिनामा उल्लेख्य प्रगती भएको उनले बताए  ।

 कैलाली प्रहरीले चालु आर्थिक वर्षको ७ महिनामा यसअघि ३१ जना फरार प्रतिवादी मात्र पक्राउ गरेको थियो । एक महिनामा समातिएका फरार प्रतिवादीको संख्या यो भन्दा तीन गुणाले बढि देखिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु