धनगढी–अत्तरिया ६ लेन सडकमा स्काभेटरसंग स्कुटर ठोकिदा दुई जना घाईते

छिनोफानो   शनिबार १०, चैत २०८० १०:२९

धनगढी–अत्तरिया ६ लेन सडकमा स्काभेटरसंग स्कुटर ठोकिदा  दुई जना घाईते भएका छन । चौमालाबाट धनगढी आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१२ प २३३६ नम्बरको स्कुटर र सुदूरपश्चिम प्रदेश ००१ क ४११७ को स्काभेटरसंग ठोकिदा दुर्घटना भएको हो। 
घाइते हुनेमा स्कुटर चालक र स्कुटर पछाडी सवार धनगढी उपमहानगरपालिका–१६ बेहडाबाबाका मनोज बम र गौरीगङ्गा नगरपालिका १ गोब्काका अनिश चन्द रहेको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। स्काभेटर चालक प्रहरी नियन्त्रणमा रहेको र घाइते दुबैको पदमा अस्पताल अत्तरियामा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु