संस्कृती जर्गेनाका लागी अछाम सेवा समिती धनगढीको होली

पवन भण्डारी   आइतबार ११, चैत २०८० ०२:१६

पवन भण्डारी,धनगढी । फागुपूर्णिमामा मनाइने होलीको रौनक सुदूरपश्चिममा पनि सुरु भएको छ । पहाडी जिल्लामा बिषेश गरि मनाईने होली पर्व पछिल्लो समय तराईका जिल्लाहरुमा पनि सूरु भएको हो । होलीमा रंग खेल्ने मात्र नभई होलीका गाथा गायर होली खेल्ने चलन रहेको छ ।

पछिल्लो समय कैलाली जिल्लामा पनि होलीका गाथा गायर होलीको परम्परा जोगाउन बिभिन्न संघ सस्था लागी परेका छन ।  कैलालीको धनगढीमा रहेको अछाम सेवा समातीले होली पर्वलाई जोगाउन हरेक बर्ष होली मनाउदै आएको छ । पछिल्लो समयका युवा युवतीहरु आधुनिकता तर्फ आर्कषण भईरहेका बेला होली पर्वलाई जोगाई राख्न अछाम सेवा समितीले होली पर्व मनाउदै आएको हो । 

अछाम सेवा समितीमका अध्यक्ष खडक बहादुर स्वारले होलीको महिमा जोगाई राख्न र नयाँ पुस्तालाई समेत होलीतर्फ आर्कषण गर्न होलीपर्व आयोजना गरियको बताए । उनले भने पछिल्लो पिढीका युवाहरुमा होली प्रतिको चाँसो बढाउन र हाम्रो सस्कृती जोगाई राख्न आफुहरुले बिगत एक,दुई दसक देखि होली मनाउन थालेको बताए । होलीले पहाडी जिल्लाबाट तराई बराई सराई गरिआएकाहरु सँग मेलमिलाप आपसी समन्ध कायम हुनुका साथै कलासस्कृती जर्गेनाका लागी महत्वपुर्ण भुमिका खेल्ने उनले बताए ।  

हिन्दू संस्कृति अनुसार होलीको इतिहास त्रेता युग सँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ । हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी प्रल्हादकी फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको होली ब्यावस्थापन समितीका प्रेम बहादुर बोगटीले बताए । होली लाई हामीले ब्यावस्थापन गर्नु  पर्छ सबैलाई सिकाउनु पर्नेछ हामी लागी रहेका छौ उनले भने । 

होलीमा छुट्टै पहिरन लगाएर सामुहिक रुपमा बाजागाजा सहित एक ठाउँमा जम्मा भएर होलीका गाथा गाएर होली खेल्न सुरु गरिन्छ । सरकारले पहाडी जिल्लदा र तराईका जिल्लाहरुमा गरि दुई दिन सार्वजनिक बिदा समेत दिने गरेको छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु