अछाममा ट्याक्टर दुर्घटना, पाँच जनाको मृत्यु

छिनोफानो   सोमबार १२, चैत २०८० १२:२७

धनगढी : अछाममा ट्याक्टर दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको सनाखत भएको छ।

मेल्लेख गाउँपालिका वडा नम्बर ७ सुयडीमा साँफेबगर जाँदै गरेको सु.प्र.०१००२ च ४९७९ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको हो। ट्याक्टर सडकबाट ५० मिटर तल खसेको थियो। घटनास्थलमै ज्यान गुमाउने पाँचै जना मजदुर हुन्।

मेल्लेख गाउँपालिका–१ ऋषिदहका ५५ वर्षीय रंग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी छन्। उनीहरू साँफेबगरमा विभिन्न निर्माणाधीन संरचना बनाउने साइटमा मजदुरी गर्न जाँदै थिए।

ट्याक्टरमै सवार तीन जना घाइते समेत छन्। घाइते हुनेमा सोही ठाउँका ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी छन्।

घाइतेलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु