इलाम र बझाङको उपचुनावमा उम्मेदवारी दिने माओवादीको निर्णय

छिनोफानो   बुधबार १४, चैत २०८० ०१:१७

काठमाण्डौ – सत्तारुढ दल नेकपा माओवादी केन्द्रले इलाम र बझाङको उपचुनावमा आफ्नै पार्टीको उम्मेदवार दिने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले प्रतिनिधि सभामा इलाम–२ र प्रदेश सभामा बझाङ–१ मा पार्टीको तर्फबाटै उम्मेदवारी दिने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले उम्मेदवारको नाम भने छलफल गर्न बाँकी नै रहेको र अर्को बैठकबाट टुंगो लाग्ने बताउनुभयो । यसअघि एमालेले दुबै क्षेत्रमा उम्मदेवार टुंगो लगाइसकेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु