किराना पसल बाट ८ जुवाडे पक्राउ

छिनोफानो   शनिबार १७, चैत २०८० १२:०९

धनगढी- कैलालीको धनगढीबाट नगदसहित ८ जना जुवाडे पक्राउ परेका छन्।  

धनगढी उपमहानगरपालिका ६ मट्यारी स्थित सोही ठाँउ बस्ने २७ वर्षीय ओमप्रकाश कठायतले संचालन गरेको दकाजी किराना पसल भित्र कोठामा जुवातास खेलिरहेको अवस्थामा पसल संचालकसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उक्त पसलमा चेकजाँच गर्दा उनिहरुलाई नगद ३० हजार ५७५ र ३ गड्डी ताससहित पक्राउ गरेको जनाइएको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु