डोटीमा रुखले च्यापियर बालकको मृत्यु

छिनोफानो   आइतबार १८, चैत २०८० १२:३०

धनगढी । डोटीमा रुखले च्यापियर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सायल गाँउपालिका २ खरगडा घर भएका १४ बर्षीय  तिलक बोहरा रहेका छन ।

रानीबन जंगलमा दाउराको लागि बाँझको रुख काट्ने क्रममा सोही रुखले च्यापिन गई बोहोराको मृत्यु भएको प्रहरीले  जनाएको छ ।  

रुखले च्यापिई गम्भिर घाईते भएका उनका ेउपचारका लागि जिल्ला अस्पताल डोटीमा पु¥याए पनि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु