कञ्चनपुरको सिलाइ सेन्टरमा आगलागी

छिनोफानो   आइतबार १८, चैत २०८० १२:३८

कञ्चनपुर । बिजुलीको तार सर्ट भएर कञ्चनपुरको एक टेलर सिलाइ सेन्टरमा आगलागी भएको छ । भीमदत्त नगरपालिका–२ मा रहेको बलबहादुर छिनालको टेलर सिलाइ सेन्टरमा आगलागी भएको हो ।

बम्वै टेलर्स सिलाइ सेन्टरमा बिजुलीको तार सर्ट भएर शनिबार राति आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आगलागीबाट करिब एक लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएकोे अनुमान गरिएको छ ।

 पसल भित्र तयारी अवस्थामा रहेका कोट, सर्ट, पाइन्ट, कुर्ता सुरवाल लगायका सामानहरु जलेर नष्ट भएका छन । आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा ल्याईएको थियो ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु