दशैँमा बली दिने प्ररम्परा दुईमत बाँझीएको छ । एक पक्ष भन्छ बली प्रथा हाम्रो संस्कृति हो,यो परपूर्वकाल देखि चल्दै आएको रीत हो, परापूर्वकाल देखि चल्दै आएको यो परम्परालाई नामेट पार्ने कुरा हुँदैन, यसलाई निरन्तरता दिनुपर्छ । अर्को भन्छ, भगवानलाई रगत चाहँदैन, निजी स्वार्थ पुर्तीका निम्ती पशु बली दिनु राम्रो होइन ।
हरेक वर्षझै यसपालीको दशैँमा पनि विभिन्न मठ मन्दिरमा लाग्ने मेलामा भगवानलाई खुशी पार्न भन्दै पशु बली दिईएको छ ।यसको विरुद्ध आवाजहरु उठेपनि अझैसम्म हट्न सकेको छैन् ।तर गत बर्ष भन्दा अहिले कोरोना महामारी का कारण पशु बलि दिनेको शंख्या मा कमी आएको छ ।
धर्मपुराणमा ब्राह्मणले बाहेक अरुले भगवती शक्तिको उपासना गर्न पाउने कुरा उल्लेख गरिएको छ । तान्त्रिक पक्षबाट हेर्ने हो भने भगवतीलाई शक्तिको रुप मानेको कारणले शक्ति सधंै रगत चाहन्छ भन्ने कुरा छ ।
जैविक अधिकारको दृष्टिकोणबाट हेर्ने हो भने, यो गलत हो । खसी, बोका, पंक्षी हरेक जीवलाई बाँच्ने अधिकार छ । तर देवी भगवतीको उपासनामा बली दिएर त्यही प्रसाद ग्रहण गर्ने चलन प्राचीनकाल देखि चल्दै आएको हो ।
त्यसैले, यसलाई कुन दृष्टिकोणबाट विश्लेषण गर्ने हो, आत्मसाथ गर्ने हो त्यसमा छुट छ ।
प्रतिकृया दिनुहोस