अछाम । कमलबजार नगरपालिका ५ को आयोजनामा शनिबारे कक्षाको उद्दघाटन गरिएको छ । वडाको सुन्दरबस्ती टोलमा बालबिबाह अन्त्य र विद्यालयको पहुच भन्दा बाहिर रहेकाहरुलाई पठनपाठन क्रियाकलापमा सहभागी गराउने उद्देश्यले कक्षा संचालन गरिएको हो ।
समाजमा रहेका बालबालिकालाई आत्मसुरक्षामा निर्भर गराउने कार्यक्रमको प्रमुख लक्ष्य रहेको छ । वडा न ५ का अध्यक्ष सत्यराज तिमिल्सिनाले आज एक कार्यक्रमका बिच कक्षा संचालनको उदघाटन गर्नु भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले अझै पनि समाजमा बालबिवाह गर्ने चलन कायम नै रहेकोले उक्त प्रथालाई अन्त्य गर्नका लागि कार्यक्रम आयोजना गरिएको बताए ।
उनले भने "हामिले यो वडामा उमेर पुगेर बिबाह गर्नेलाई सम्मान समेत गर्ने गरेको बताए । साथै वडामा बिद्यालयको पहुच भन्दा बाहिर रहेका बालबालिकालाई समेत बिद्यालयको पहुँच सम्म पुर्याउनु आफुहरु लागिरहेको बताए ।
कार्यक्रममा वडा स्थित जनप्रतिनिधि लगायत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस