आपसमा ठोक्किए दुई बस

छिनोफानो   बुधबार २१, चैत २०८० ०४:०९

दाङ ।  पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–५ होटल हाइवे अगाडि विपरीत दिसाबाट आइरहेका दुई बस आपसमा ठोक्किएको वडा प्रहरी प्रमुख निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा २२ जना घाइते भएको  वडा प्रहरी कार्यालयले जानकारी दिएको छ र पाँच जनाको अवस्था गम्भीर छ। गम्भीर घाइतेलाई लमहीमा उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर  रिफर गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताए।

दाङको तुलसीपुरबाट बुटवल तर्फ जाँदै गरेको रा १ ख २५८१ नम्बरको बस र लमही नगरपालिका–३ वनगाउँमा बुटवलबाट सुर्खेततर्फ जाँदै गरेको ल १ ख ७३६३ नम्बरको बस आपसमा ठोक्किएका र दुवै बसमा सवार यात्रु घाइते भएको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु