श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

छिनोफानो   बिहिबार २२, चैत २०८० ०१:१४

झापा, चैत २२ गते ।    ३२ वर्षीया श्रीमती मोमसरी राजवंशीको हत्या गरेको अभियोगमा बाह्रदशी गाउँपालिका–१ भागुडुब्बा बस्ने ३३ वर्षीय देवनारायण राजवंशीलाई बिहीबार बिहान  श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।

घरायसी विवादका कारण देवनारायणले खुकुरी प्रहार गर्दा मोमसरीको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले देवनारायणलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु