मोहन्यालमा पेस्तोलसहित २ जना पक्राउ

छिनोफानो   शनिबार २४, चैत २०८० ०१:२०

धनगढी, चैत २४ गते । कैलालीमा पेस्तोलसहित २ जना पक्राउ परेका छन। हिजो मोहन्याल गाउँपालिका ६ सोल्टा बजार बस्ने धनादेवी शाहीको घरबाट पेस्तोलसहित २ जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा मोहन्याल गाउँपालिका– ७ कुईने बस्ने १८ वर्षीय विकास नेपाली र सुर्खेत पञ्चपुरी नगरपालिका–११ बस्ने १८ वर्षीय उपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरूलाई विशेष सूचनाको आधारमा घर खानतलासी गर्दा १ थान रिबल्बर पेस्तोल सहित पक्राउ गरिएको थियो । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु