गुजरातलाई हराउँदै नेपालले जित्यो एसएमएस फ्रेन्डसीप कप क्रिकेटको उपाधि

छिनोफानो   आइतबार २५, चैत २०८० ०६:३०

काठमाडौं। नेपालले भारतमा आयोजित एसएमएस फ्रेन्डसीप कप क्रिकेटको उपाधि जितेको छ । नेपालले आइतबार भएको फाइनलमा गुजरातलाई १८ रनले पराजित गर्‍यो।

एक सय ७७ रनको लक्ष्य पाएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ५८ रन मात्र जोड्न सक्यो।

नेपालका अविनाश बोहराले ३ र दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए। प्रतियोगितामा नेपाल तथा भारतको बारोडा र गुजरात टोली सहभागी थिए। नेपाल अब एसिसी प्रिमियर कप खेल्न ओमान प्रस्थान गर्नेछ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु