धनगढीमा लागुऔषधसहित ३ जना पक्राउ

छिनोफानो   मङ्गलबार २७, चैत २०८० ११:३८

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा लागुऔषध खैरो हिरोइनसहित तीन युवकलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी ) कबिन्द्रसिंह बोहराले कैलारी गाउँपालिका-८ का २४ वर्षीय सन्जु चौधरी, जोशीपुर गाउँपालिका-१ का २४ वर्षकै अमरदिप डगौरा र धनगढी उपमहानगरपालिका-७ बस्ने १७ वर्षका अमीत रानालाई पक्राउ गरिएको जानकारी दिए ।

धनगढी उपमहानगरपालिकाको बुद्धचोकबाट सोमबार राति विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । चालमको बोराभित्र लुकाएको अवस्थामा २ ग्राम ५७० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको बोहराले बताए ।

उनीहरू तिनै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु