कैलालीमा एउटै कोठामा मृत भेटिए दिदीबहिनी

छिनोफानो   मङ्गलबार २७, चैत २०८० ११:४२

मंगलबार बिहान करिब ७ बजे घोडाघोडी नगरपालिका वडा नम्बर १० ठेबारस्थित एक घरमा दुई जना दिदीबहिनी मृत फेला परेका छन्। मृतक २७ वर्षीया सिमालु चौधरी र उनकी २२ वर्षीया बहिनी इन्द्रा छन्।

टिनले छाएको काठको दुई तले कच्ची घरको तल्लो कोठामा दिदीबहिनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए। डिएसपी बोहराका अनुसार उनीहरू दुबै जना झुण्डिएको अवस्थामा फेला परेका हुन्।

उक्त खबरपछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु