धनगढीका जुवाडीका अड्डामा प्रहरीको छापा,१० जना जुवाडे पक्राउ

छिनोफानो   मङ्गलबार २७, चैत २०८० ०२:३७

धनगढीः कैलालीको धनगढीमा रहेको एक कटेजबाट  प्रहरीले १० जना जुवाडे पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–११ घोडसुवा स्थित सोही ठाँउ बस्ने ५८ वर्षीय रामशरण रानाले संचालन गरेको ग्रिनपिस कटेजबाट जुवातास खेलिरहेको अवस्थामा कटेज संचालकसहित १० जनालाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उक्त कटेजबाट उनिहरुलाई नगद ५८ हजार १९० र ३ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय धनगढीका प्रमुख जनक ढुंगानाले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु