आँधीखोलामा डुबेर किशोरको मत्यु

छिनोफानो   मङ्गलबार २७, चैत २०८० ०३:२०

स्याङ्जा ।  आँधीखोला नदीमा डुबेर मङ्गलबार १४ वर्षीय एक किशोरको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेका गल्याङ नगरपालिका २ गराङ्दीका युनिक रानाको मृत्यु भएको हो । 

साथीहरुसगँ आँधीखोला नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएपछि प्रहरी चौकी गल्याङको टोलीले उनलाई घाइते अवस्थामा उद्धार गरको थियो । प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले नदीमा डुबेर घाइते भएका रानाको सामुदायिक अस्पताल गल्याङमा उपचारको क्रममा मृत्यु भएको बताउनुभयो । 

घटनाको बारेमा थप अनुसन्धान भइरहेको रानाले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु