हाम्रो पात्रोले सुरु गर्‍यो समाचार बुलेटिन

छिनोफानो   बुधबार २८, चैत २०८० १०:५६

 चर्चित नेपाली एप हाम्रो पात्रोले समाचार खण्डमा पहिलो पटक सबैका लागि समाचार पढ्न सजिलो बनाउनका लागि एउटा नयाँ सुविधा सुरु गरेको छ । यो सुविधामा हाम्रो पात्रोले महत्त्वपूर्ण समाचारहरूलाई विश्लेषण र वर्गीकरण गरी समाचारको सारांशलाई बुलेटिनको रूपमा राख्न थालेको हो । यो हरेक तीन घण्टा अपडेट हुन्छ, त्यसैले प्रयोगकर्ताहरुले सधैं ताजा समाचारहरू हेर्न पाउने छन् । यो सुविधा विशेष गरी समाचार पढ्न समय नभएको तर समाचारसँग सचेत र सूचित पाठकहरूको अन्तरक्रिया बढाउन यस्तो फिचर ल्याइएको हाम्रो पात्रो इंकले जनाएको छ ।

हाम्रो पात्रोले गत हप्तादेखि एआईको प्रयोग गरी महत्त्वपूर्ण समाचारलाई विश्लेषण र वर्गीकरण गरी समाचारको सारांशलाई बुलेटिनको रूपमा राख्न थालेको हो । तर ती समाचारहरूमा पाठकले प्रतिक्रिया जनाउन भने पाएका थिएनन् । अब भने प्रत्येक तीन घण्टाको अन्तरालमा बुलेटिनमा अपडेट हुने समाचारहरूमा पाठकले प्रतिक्रिया जनाउन पाउनेछन् । 

एआईले विभिन्न समाचारबिचका समानता पहिचान गर्न सक्ने हाम्रो पात्रोकी निर्देशक सुदीना गौतमले बताउनुभयो । त्यस्तै पाठकको रुचि, प्राथमिकता र पढ्ने बानी बुझ्न सहयोग पुग्ने गरी एआईले पाठकको रुचि अनुसारका समाचारहरूलाई सिफारिस गर्न सक्ने दाबी गरिएको छ ।

गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु