ट्याक्सी दुर्घटना सात जना घाइते

छिनोफानो   बुधबार २८, चैत २०८० ११:३१

 जिल्लाको पाणिनी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको छ । जिल्लाको प्रसिद्ध सुपा देउराली दर्शन गरी पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो ।

घुम्ती दुर्गाफाट सडकखण्डको पाणिनी ८ कोलडाको ओरालोमा दुर्घटना हुदाँ दुई बालबालिकासहित सात जना घाइते भएका छन् । गाडी सडकबाट अन्दाजी  दुई सय मिटर तल खसेको थियो ।

घाइतेको जिल्ला अस्पताल अर्घाखाँची उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रमुख प्रतीकसिंह राठोरले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु